प्रम ओली र बंगलादेशी प्रधानमन्त्रीबीच टेलिफोन संवाद

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन संवाद गरेका छन् ।

कुराकानीका क्रममा हसिनासँग आफूले नेपालमा तत्काल युरिया मलको आपुर्तिका लागि अनुरोध प्रधानमन्त्री ओलीले ट्वीटरमा जानकारी दिएका छन् ।

‘आज दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाल–बंगलादेश सम्बन्धबारे उपलब्धिपूर्ण छलफल भयो । यो सिजनका लागि नेपालमा युरिया मल तत्काल आपुर्ति गर्न मैले गरेको अनुरोधलाई उहाँले सकारात्मक रूपमा लिनु भएको छ,’ ओलीले लेखेका छन् ।

याे पनि पढ्नुस  नेकपा विवाद: वामदेवकाे ६ बुँदे प्रस्तावमा के छ ? (सूचीसहित)

साथै कुराकानीमा क्रममा प्रधानमन्त्री हसिनासँग दुई पक्षीय व्यापार, उर्जा र ट्रान्जिटलगायत अरू विषयमा सहकार्यलाई थप मजबुद् बनाउने विषयमा कुरा भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

संवादको विस्तृत विवरण परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा आउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्