लक्षण देखिएका कोरोना सङ्क्रमितमा रेम्डिसिभिर उपयोगी

काठमाडौंः विज्ञ चिकित्सकहरुले लक्षण देखिएका तर दीर्घ रोगी नरहेका ५० प्रतिशत कोरोना सङ्क्रमितमा रेम्डिसिभिर औषधिको प्रयोग उपयोगी हुने दाबी गरेका छन् । उनीहरुले उपयुक्त समयमा उपयुक्त बिरामीमा रेम्डिसिभिर औषधिको प्रयोग गर्न सेवा प्रदायकलाई सुझाब समेत दिएका छन् ।

येटिचेम वितरक प्रा. लि.ले रेम्डिसिभिर औषधिको पहिलो ब्याचको घोषणाका लागि आयोजना गरेको भर्चुअल प्रेस कन्फरेन्समा चिकित्सक अशेष ढुंगानाले लक्षण देखिएका तर दीर्घ रोगी नरहेका बिरामीमा रेम्डिसिभिरको प्रयोग अत्यन्तै लाभदायी हुने बताए । नेपालमा हाल १५ प्रतिशत बिरामीमा कोरोना भाइरसको लक्षण देखा परेको छ । सक्रिय बिरामीको संख्या करिब १८ हजार छन् । करिब दुई हजार बिरामीमा रेम्डिसिभिरको प्रयोग उपयोगी हुनसक्छ ।

याे पनि पढ्नुस  अमेरिकाको सबैभन्दा कठिन समय आउँदैछः ट्रम्प

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले दीर्घ रोगीमा रेम्डिसिभिरको प्रयोगबाट बच्न सुझाए । उनले परिषद्ले हाल एक सय बिरामीमा रेम्डिसिभिरको प्रभावकारीता सम्बन्धमा अध्ययन गरिरहेको जानकारी दएि ।

कमेन्ट गर्नुहोस्