सीपीएल : पोलार्डको टिमविरुद्ध बलिङ गर्दै सन्दीपआवद्ध जमैका

काठमाडौं  : वेष्ट इन्डिण्डजमा जारी क्यारेबिन प्रिमियर लिग (सीपीएल) अन्तर्गत ट्रीनबागो नाइट राइसडर्सविरुद्ध नेपाली स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तल्लावाजले टस जितेर बलिङ रोजेको छ ।

जमैका र नाइट राइडर्सबीचको खेल नेपाली समयअनुसार आज साँझ ७ः४५ बजेदेखि सुरु हुँदैछ ।

जारी प्रतियोगितामा किरण पोलार्ड नेतृत्वको नाइट राइडर्सले ६ म्याच खेल्दा सबैमा जित हासिल गरेको छ । यता जमैकाले भने ६ म्याच खेल्दा ३ मा हार र ३ खेलमा जित हासिल गरेको छ ।

याे पनि पढ्नुस  बीबीएलः तेस्रो ओभरमा सन्दीपले लिए विकेट

सीपीएलको जारी संस्करणमा सन्दीपले राम्रो प्रदर्शन गरिरहेका छन् । उनले ६ म्याच खेल्दा ४.८३ को इकोनमीमा ९ विकेट लिएका छन् । जमैकामा उनीसहित अफगानस्तानका स्पिनर मुजीबउर रहमानले पनि शानदार प्रदर्शन गरिरहेका छन् ।

उनले ६ म्याचमा ३.८७ को इकोनमीमा सर्बाधिक १३ विकेट लिएका छन् । जमैकाले ३ म्याच जित्दै ६ अंक बटुलेर तालिकामा चौथो स्थान बनाएको छ ।

याे पनि पढ्नुस  बिग बास लिगः होबार्ट र मेलनबर्न बीचको खेल रोकियो

जमैका तल्लावाजको प्लेइङ-११ : रोभम्यान पावेल (कप्तान), आन्द्रे रसेल, चाडविक वाल्टन, कार्लोस ब्राथवेट, एनक्रुमा वोनर, जेयरमन ब्याल्कउड, सन्दीप लामिछाने, ग्लेन फिलिप्स, मुजिबउर रहमान, आसिफ अली र फिडेल एडवार्स ।

कमेन्ट गर्नुहोस्