पठनपाठनका सञ्चालन गर्दै बेइजिङका विश्वविद्यालय

बेइजिङ : चीनमा नयाँ शैक्षिक वर्ष सुरु भएसँगै चीनको बेइजिङका क्याम्पस तथा विश्वविद्यालयले घर गएका विद्यार्थीहरूलाई कोभिड-१९ रोकथाम र नियन्त्रणका कडा उपायहरू अवलम्बन गर्दै फिर्ता बोलाउन थालेका छन् ।

नगरपालिका शिक्षा आयोगले उचित सतर्कता भएका विश्वविद्यालयलाई अगस्ट १५ देखि क्रमशः खोल्न अनुमति दिइसकेको छ ।

याे पनि पढ्नुस  विश्वविद्यालयका स्थगित परीक्षा सुरु गर्ने तयारी

मध्य अगस्तदेखि करिब १५ दिनको समयमा क्याम्पस तथा र विश्वविद्यालयका करिब एक लाख ७० हजारभन्दा बढी विद्यार्थीहरू बेइजिङ फर्किसकेका आयोगले जनाएको छ ।

सोमबारसम्म बेइजिङमा प्रतिदिन करिब १० हजारका दरले विद्यार्थीहरू प्रवेश गरेका उल्लेख गरिएको छ । शहरका झण्डै आधाभन्दा बढी विद्यार्थी नयाँ सेमेस्टरको पढाइका लागि आइसकेको बताइएको छ ।

याे पनि पढ्नुस  जेएनयूः एउटा विश्वविद्यालयको दुःखान्त

पेकिङ युनिभर्सिटी (पीकेयू) ले मंगलबार तीन हजार ३ सयभन्दा बढी विद्यार्थीलाई स्वागत गरेको बताएको छ । कोभिड-१९ सङ्क्रमण रोकथामका लागि भन्दै तत्कालका लागि चीनले विद्यार्थीका अविभावकलाई क्याम्पसमा प्रवेश नदिने तर विद्यार्थीहरूले भने सङ्क्रमणबारे होसियारी अपनाउँदै विद्यालय प्रवेश पाउने छन् ।

याे पनि पढ्नुस  चीनमा नेपाली विद्यार्थी सुरक्षित, कोरोना भाइरसबारे ‘फेक न्युज’ले तनाब

विश्वविद्यालयले महामारी रोकथाम र नियन्त्रण उपायहरू कार्यान्वयन गरेको छ । विद्यार्थीहरूले क्याम्पसमा फर्किनु अघि न्यूक्लिक एसिड टेस्ट लिन आवश्यक छ र उनीहरूको स्वास्थ्य अवस्था र पञ्जीकरण गर्दा उनीहरूको पूर्व आगमनको बारेमा प्रमाणपत्र प्रस्तुत गर्नुपर्नेछ । एजेन्सी

कमेन्ट गर्नुहोस्