मुस्कान खातुनले भेटिन् प्रधानमन्त्री ओली

काठमाडौं :एसिड आक्रमणमा परेकी पर्साकी मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छन् ।

उनले आज बालुवाटारमै प्रधानमन्त्री ओलीलाई भेटेकी हुन् । भेटमा उनले एसिड आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्ने माग गरेकी थिइन् ।

साथै, मुस्कानले आफ्नो स्वास्थ्यबारे पनि प्रधानमन्त्री ओलीालई जानकारी गराइन् ।

याे पनि पढ्नुस  आकस्मिक बोलाइएको मन्त्रीपरिषद् बैठक स्थगित

मुस्कान गत भदौमा वीरगन्ज महानगरपालिकामा विद्यालय जाँदै गर्दा एसिड प्रहारबाट घाइते भएकी थिइन् । उनी अहिले उपचारपछि स्वस्थ भएकी छन् ।

एसिड प्रहार गर्ने २ युवक प्रहरीको नियन्त्रणमा छन् । स्वदेश तथा विदेशका चर्चित कलाकार, खेलाडी तथा बिभिन्न क्षेत्रबाट सामाजिक सञ्जाल र प्रत्यक्ष प्राप्त शुभकामनाले आफूमा हौसला र उत्साह थपिएको मुस्कानले बताएकी छन् ।

याे पनि पढ्नुस  अर्को चुनावमा नेकपालाई दुई तिहाई ल्याउनबाट कसैले रोक्न सक्दैनः प्रम ओली

घाउ निको हुँदै गर्दा मुस्कानको जलेको अनुहारमा छाएको खुसीले पीडित परिवार समेत खुसी छन् ।

कमेन्ट गर्नुहोस्