सरकारको अपरिपक्व निर्णयका कारण यूएईमा १ नेपालीको मृत्यु

यूएई : रोजगारीका लागि यूएई गएका एक नेपाली युवकको मृत्यु भएको छ । फोक्सोमा क्यान्सरबाट ग्रसित रूपन्देहीका राम सजीवन केवटको मृत्यु भएको हो ।

उनी ६ महिनादेखि फोक्सोको क्यान्सरबाट ग्रसित थिए । केवट २ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा यूएई आइपुगेका थिए । उनी यूएईको अलऐनमा रहेको मवारिद सर्भिसेस् कम्पनीको (मजरा) मा कृषि कामदारको रूपमा कार्यरत थिए ।

याे पनि पढ्नुस  सीमामा रहेका नेपालीलाई स्वदेश फर्किने आज अन्तिम मौका

गैरआवासीय नेपाली संघ एनआरएनए यूएईका केन्द्रीय सदस्य राजन अधिकारीको अगुवाइमा र नेपाली दूतावास युएईको समन्वयमा नेपाल फर्काउने सम्पूर्ण कागजपत्र, हवाई टिकट, मेडिकल रिपोर्ट मिलाइ सक्दा पनि उनी स्वदेश फर्कन पाएनन् ।

गत भदौ २ गते नेपाली लिन आएको नेपाल एयरलाइन्सको जहाज दुबईबाट रित्तै फर्किएको थियो । जसकारण पनि स्वदेश फर्किने रामसजीवन केवटको अन्तिम इच्छा पूरा हुन सकेन ।

कमेन्ट गर्नुहोस्