गोलबजार नगरपालिकाद्वारा ‘एक घर, एक पिसिआर जाँच’ अभियान शुरु

गोलबजार, कोरोना संक्रमण रोक्न गोलबजार नगरपालिकाले बृहत जाँच अभियान शुरु गरेको छ ।

‘एक घर एक पीसीआर जाँच’ अभियान शुरु गर्दै नगरपालिकाले हरेक घरधुरीमा कोरोना जाँच गर्ने भएको हो ।

गोलबजारमा संक्रमितको संख्या व्यापक हुन थालेपछि उक्त अभियान शुरु गरिएको हो । यो साता मात्रै गोलबजार नगरपालिकामा २४ जना भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

याे पनि पढ्नुस  नगरपालिकाको आयव्यय विवरण सार्वजनिक गर्न माग

नगरपालिकाले सबै घरमा जाँच गर्ने र संक्रमण रोक्न अन्य सतर्कताका उपाय अपनाउने

कार्यपालिकाले नगरको १ देखि १३ नं। वडामा पर्ने हरेक गाउँ टोलमा पीसीआर जाँच बढाउने निर्णयसँगै मंगलबारबाट स्वास्थ्यकर्मीहरूको टोलीले समुदायस्तरमा स्वाब संकलन थालेको नगर स्वास्थ्य शाखा प्रमुख सरोज कर्णले बताए । जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार कोरोना संक्रमितको स्थानीयस्तरमै उपचारका लागि नगरपालिकाले ५० शय्याको आइसोलेसन पनि सञ्चालन गर्ने निर्णय गरिएको छ ।

याे पनि पढ्नुस  देउवा र परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ

यसैबीच जिल्ला प्रशासन कार्यालय सिराहाले निषेधाज्ञा २७ भदौसम्मका लागि बढाएको छ । प्रशासनले ३२ साउनदेखि जारी गरेको निषेधाज्ञा १५ भदौ राति १२ बजे सकिएपछि मंगलबारबाट पुनस् थपिएको हो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले अत्यावश्यक सेवा र कामबाहेक निषेधाज्ञाका बेला अन्य गतिविधि नगर्न आग्रह गरेका छन् । प्रजिअ कणेलले कोरोनाको जोखिम समुदायस्तरसम्म नै फैलिएकोले लहान, गोलबजार, धनगढीमाई, सुखीपुर, कल्याणपुर, सिरहा नगरपालिका र विष्णुपुर गाउँपालिकामा निषेधाज्ञालाई निरन्तरता दिइएको बताए ।

याे पनि पढ्नुस  कामबाट निकालिएकी महिलाले आत्महत्या गरेपछि राजमार्गमा चक्काजाम

 

कमेन्ट गर्नुहोस्