वीर अस्पतालका ७१ जनामा संक्रमण, आज र भोली अस्पताल पूर्ण बन्द हुने

काठमाडौं । वीर अस्पतालले बुधबार र बिहिबार अस्पताल पूर्ण बन्द गर्ने घोषणा गरेको छ ।

अस्पतालका ७१ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पतालले उक्त निर्णय गरेको हो ।

मंगलबार मात्रै अस्पतालका १३ जनामा संक्रमण देखिएको थियो ।

अस्पतालले एक सूचना जारी गर्दै अस्पताल पूर्णरुपमा बन्द गरेर सरसफाई तथा निर्मलीकरण गर्ने बताएको छ ।

विशेषज्ञ सेवासहितको अस्पतालका रुपमा परिचित वीर अस्पतालमा कोरोना संक्रमण बढेपछि सर्वसाधारणले सेवा पाउनबाट प्रभावित बनेका छन् ।

 

कमेन्ट गर्नुहोस्