एतिहाद एयरलाइन्सले युएइबाट ११ सय नेपालीलाइ निशुल्क ल्याउन खोज्दा पनि अनुमति दिएन मन्त्रालयले

काठमाडौं । कोरोना संक्रमणका कारण विचल्लीमा परेका मजदूरहरु घर फर्किने समस्याले चिन्तित छन् । सरकारले घोषण गरेको नियमित उडानमा अति महंगो टिकट काट्न सक्ने अवस्था उनीहरुको छैन ।

तर बिडम्बना, सरकारले आफैले श्रमिकहरुको उद्दार गर्नुपर्ने बेलामा नीजि कम्पनीले निशुल्क ल्याउन अघि सारेको प्रस्ताव समेत अनुमति दिएको छैन ।

युएईमा अलपत्र परेका ११ सय नेपालीलाई निःशुल्क चार्टर उडानमार्फत ल्याउन इत्तेहाद एयरलाइन्सले अनुमति मागेको नयाँ पत्रिका दैनिकले खुलासा गरेको छ । एयरलाइन्सले नेपालस्थित युएई दूतावासमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १४ भदौमा निवेदन दिएको पत्रिकामा प्रकाशित समाचारमा उल्लेख छ ।
तर मन्त्रालयले भने अहिलेसम्म उक्त प्रस्तावबारे कुनै निर्णय भने गरेका छैन । युइए र अन्य देशहरुमा हजारौं नेपाली श्रमिकहरु अलपत्र अवस्थामा परेका छन् । नियमित भाडा दरभन्दा दशौं गुणा महंगो भाडा बनाइएपछि उनीहरु घर फर्किन पाएका छैनन । यही अवस्थाका बीच इत्तेहाद एयरलाइन्सले सेप्टेम्बर ४ देखि ८ वटा उडानमार्फत ११ सय २० नेपाली निःशुल्क ल्याउने प्रस्ताव गरेकोहो ।

याे पनि पढ्नुस  पत्रकार महासँघको दावी- दूतावास र मानव तस्करबीच साँठगाँठ, पीत पत्रकारताको आरोप दुखद

दूतावासले सिसिएमसीले जारी गरेका नियमअनुसार ७२ घन्टाको पिसिआर परीक्षणसमेत निःशुल्क गराएर नेपालीलाई ल्याउने प्रस्ताव गरेको छ । एयरलाइन्सले युएईको रोजगारदाता कम्पनीसँग सहकार्य गरेर नेपाली श्रमिकहरूलाई निःशुल्क ल्याइदिने प्रस्ताव गरेको हो । तर, एयरलाइन्सको प्रस्तावको विषयमा आफूलाई केही जानकारी नभएको पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको भनाई पत्रिकाले उद्दृत गरेको छ ।

याे पनि पढ्नुस  नक्कली भिसा काण्डमा दलालसँग अद्यागमनकै कर्मचारीको मिलेमतो, युएइमा नेपाली अलपत्र

उडानमा आउने कुनै पनि नेपालीले पिसिआर परीक्षण र टिकटको शुल्क तिर्नु नपर्ने प्रस्तावमा उल्लेख छ । युएईस्थित नेपाली दूतावासले सिफारिस गरेका नेपालीलाई मात्र ल्याउनेछ । प्रत्येक चार्टर उडानमा १ सय ४० जना नेपाली कामदार मात्रै ल्याइनेछ । भिसा अवधि सकिएकाहरूका लागि सेप्टेम्बर ११ पछि अतिरिक्त शुल्क लाग्ने भएकाले पनि अनुमति दिन माग गरिएको हो ।
सरकारले भने १७ भदौदेखि नियमित उडान खुला गरेको छ ।

याे पनि पढ्नुस  युएईमा ४ नेपाली अलपत्र, दूतावासद्वारा उद्वारको पहल सुरु

 

कमेन्ट गर्नुहोस्