कंगना रनोटले करण जौहरमाथि लगाईन गम्भीर आरोप, मोदीलाई गुहार्दै कार्वाही गर्न माग

नयाँ दिल्ली । बलिउड उद्योगमा निडर र बोल्ड कलाकारको रुपमा परिचित कंगना रनोटको पछिल्लो ट्विटले ठूलो हंगामा मच्चिएको छ ।

आफ्ना कुरा निर्धक्कसँग राख्दै आएकी कंगनाले एक ट्विट गर्दै करण जौहरलाई मुभी माफिया बताएकी हुन । यति मात्रै होइन उनले करण जौहरले कैयन मानिसको जीवन बर्बाद गरेको भन्दै उनलाई कार्वाही गर्न समेत माग गरेकी छिन् ।

याे पनि पढ्नुस  करन र ऐश्वर्याको सम्बन्ध समाप्त

ट्विटमा उनले प्रधानमन्त्री नरेन्द मोदीलाई समेत ट्याग गरेकी छिन् ।

कंगना रनोट यसअघि पनि यस्तै कडा अभिव्यक्तिका कारण विवादमा आउँदै गरेकी छिन् । उनले करण जौहरकै शोमा समेत जौहरमाथि गम्भीर आरोप लगाएकी थिइन । करणका अगाडि भनिएका कुरा जिस्किएको शैलीमा आम दर्शकले लिइरहेपनि पछिल्लो ट्वीटले भने दुबैबीचको सम्बन्धमा निकै चिसोपना आएको देखाएको छ ।

याे पनि पढ्नुस  करन र ऐश्वर्याको सम्बन्ध समाप्त

उनले ट्विटमा भनेकी छिन्, “मुभी माफियाको मुख्य अपराधी करण जौहर जो मुभी माफियाका लािग जिम्मेवार छ । पिएम मोदी जी, त्यसले कैयन मानसिको जीवन र क्यारिअर बर्बाद गरिसकको छ । अहिले खुलेआम घुमिरहको छ । अहिलेसम्म उसका विरुद्ध कुनै कार्वाही गरिएको छैन । के हाम्रा लागि केही आशा बाँकी छ ? जब सबै कुरा ठीक भयो भने उ आफ्ना हुँडारहरुको फौज बोकेर मेरो पछि आउने छ ।

याे पनि पढ्नुस  करन र ऐश्वर्याको सम्बन्ध समाप्त

 

कमेन्ट गर्नुहोस्