लद्दाखमा चिनियाँ र भारतीय सेनाबीच झडप, १ भारतीय सैनिकको मृत्यु

काठमाडौं: भारतले सीमा क्षेत्रमा उत्तेजना फैलाउने अभिव्यक्ति नगरी वार्ता र सहमतिका आधारमा सीमांकनको विवाद टुंग्याउन सहयोग गर्नुपर्छ भनेर चिनियाँ विदेश मन्त्रालयले भनेको भोलीपल्ट नै सीमा क्षेत्रमा झडप भएको छ ।

लद्दाखको दक्षिण पैगान्गको विवादित क्षेत्रमा चिनियाँ सेनासँग झडप हुँदा एक भारतीय सैनिकको मृत्यु समेत भएको छ । झडपमा एकजना सैनिक घाइते भएका छन् । तिब्बती मुलका स्पेशल फ्रन्टियर फोर्समा कार्यरत ती सैनिकको मृत्युका बारेमा भारतीय सेनाले भने आधिकारिकरुपमा कुनै बयान दिएको छैन ।

याे पनि पढ्नुस  उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

भारतले चीनका करिब ५ सय सैनिकहरुले एउटा पहाडीमा कब्जा गर्ने कोशिस गरेको जनाएको छ । जबकि चीनले भने यसअघि सहमति भएको सीमा रेखाको भारतीय सैनिकहरुले उल्लंघन गर्दै चिनियाँ भूमिमा हिंडने गरेको आरोप लगाएका छन् । यसअघि ५ जुनका दिन गलवानमा भएको यस्तै झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  भारतबाट आएका ११२ जनाको पिसीआर रिपोर्ट आयो

तिब्बतका निर्वासित सांसद डोलघर लघियारीले एएफपी समाचार एजेन्सीलाई जनाए अनुसार २९ र ३० अगस्तको रातीदेखि ३१ अगस्तका दिनसम्म लाइन अफ कन्ट्रोल (एलओसी) मा उत्तेजनापूर्ण कार्वाही गरेको थियो ।

कमेन्ट गर्नुहोस्