चम्ल्याहा शिशु जन्माएपछि महिलाको मृत्यु

जनकपुरधाम : धनुषामा एकै पटकमा ४ बच्चाको जन्म दिएकी महिलाको निधन भएको छ ।

जिल्लाको विदेह नगरपालिका- ७ जोगियारा टोलकी अमिरुल खातुनले जनकपुरधामस्थित काब्या अस्पतालमा मंगलबार राति १० बजेतिर शल्यक्रियामार्फत ४ बच्चालाई जन्म दिएकी थिइन् ।

बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिएको खातुनलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा बुधबार दिउँसो मृतयु भएको अस्पतालले जनाएको छ ।

याे पनि पढ्नुस  कोरोनासँग मिल्दो लक्षण देखिएका २ जनाको मृत्यु

अस्पतालका सञ्चालक सञ्जय सिंहका अनुसार खातुनको १ छोरा र ३ छोरीको अवस्था पनि अस्थिर देखिएको छ । छोराको तौल एक किलो ५ सय ग्राम र छोरीहरूको तौल १ किलो २ सय ५० ग्राम रहेको छ । अहिले चारै जना बच्चालाई एनआईसीयूमा राखिएको सिंहले जानकारी दिए ।

याे पनि पढ्नुस  देवरानीद्वारा जेठानीको हत्या, फेरि आफैमाथि छुरा प्रहार

सञ्चालक सिंहका अनुसार महिलाको मृत्यु हुनुअघि बुधबार विहान कोरोना परीक्षणका लागि स्वाब संकलन गरी जनकपुरकै प्रादेशिक प्रयोगशाला पठाइएको छ ।

कमेन्ट गर्नुहोस्