महामारीले रुमलिएको शैक्षिक क्षेत्र

नवराज हुमागाई

कोरोना महामारी अर्थात कोभिड–१९ चीनको हुवेइ प्रान्तको बुहान शहरमा बि.स‌‍. २०७६ षौष १ गते तत् अनुसार ई.सः २०१९ डिसेम्वर १७ मा देखिएको अर्थात त्यहिँबाट सुरुवात भएको मानिन्छ । सामान्य लक्षण देखाउँदै कोभिड–१९ ले विश्वलाई नै आतंकित बनाउने गरी फैलिन थाल्यो । श्वासप्रश्वासलाई असहज पार्दै रुघा खोकी हु्ँदै ज्यानै लिने यस भाइरस कोहि कसैको बस्मा छैन भन्ने पनि हामीलाई थाहा भैसकेको छ । आत्मबल र आत्म सुरक्षा नै ठूलो डोजको औषधी हो भन्ने बिज्ञहरुको भनाइ छ । चीन हुँदै विश्वको अनेकौं देशका भू–भागमा फैलिदै गएको उक्त भाइरस नेपालमा भने अग्रीम जनाउ घण्टी दिएर ढिला नै प्रबेश गरेको थियो ।

विश्वव्यापी रुपमा कोरोनाको कहर रहि रहेको हामी सबैलाई अवगत नै छ । यस समयमा कुनै पनि देश उक्त महामारीबाट अछुतो रहन सकेको छैन र हाम्रो जस्तो विकाशोन्मूख देश नेपाल पनि अछुतो रहने कुरै भएन । विश्वको सम्पूर्ण क्षेत्र नै लपेटीरहेको बेलामा नेपालमा भने समयमा नै खतराको घन्टी बजिसकेको थियो । देशको उच्च ओहदामा बसेका सम्मानित व्यक्तित्वहरुले समयमा नै दरिलो निर्णय लिन नसकेका साथै नेपालको खुल्ला सिमाना भएकै कारणले आज हामी पनि कोरोनाको भुंग्रोमा पसिसकेका छौं । उपत्यकामा पनि कोरानो संक्रमित फैलिरहँदा, झनै परालको आगो सल्किएको अनुभूति आम नेपालीहरुले सहजै बिश्लेषण गरिरहेका छन् ।

उपत्यकामा कोरोनाको कहर भै रहँदा अहिले हामी निषेधाज्ञाको चरणमा छौं र यो चरणको अन्त्य कहिले हुन्छ र यस समयमा सरकारको रणनीतिक कार्य कस्तो हुन्छ त्यो भने आउने दिनहरुले अवश्य देखाउने नै छ । कारोनाको कहरले औषधोपचार, अस्पताल र खानेपानी तथा अत्यावश्यक क्षेत्र बाहेक सम्पूर्ण क्षेत्र नै प्रभावित भएको छ । आम मानिसको जीवन यापनमा असहज त छँदै छ त्यहि माथि निषेधाज्ञाले झनै असहज बनि रहेको छ भने नेपालमा संक्रमित तथा मृत्यु हुनेको संख्या दिन दुगुणा र रात चौगुणाको हिसावले वढिरहेकोछ । हालसम्मको तथ्याङ्क हेर्दा यस रोगबाट ज्यान गुमाउनेको संख्या २३९ भन्दा बढी छन् भने ४०५२९ भन्दा बढी यसबाट संक्रमित नै छन् ।

महामारीको बढी प्रभावित क्षेत्र मध्ये शिक्षा पनि यस भूमरिमा लपेटिरहेको छ । शिक्षा क्षेत्रमा अथवा भनौं विश्वबिद्यालयको शैक्षिक पात्रो नै प्रभावित भईरहेको छ । यस बिषम घडिमा विश्वबिद्यालयले अनलाइन कक्षा त ढिलै भएपनि गराएका छन् तर के यो प्रभाबकारी छ त ? के अनलाइन कक्षाको लागि सवैसँग पहुँच पुग्ला र ? नेपालका दुर दराजमा रहेका विकट स्थानमा मोवाइल नेटर्वकको लागि रुख चढनु पर्ने वाध्यता तपाई हामीले नदेखेको भने पक्कै होइन । के यस्तो अवस्थामा विद्यालय तथा विश्व विद्यालयकोे रोकिएका परीक्षा फेरि तत्काल संचालन होला र ? के विना परीक्षा अर्को सेमेष्टरमा जान सकिन्छ ? विश्वबिद्यालयले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी बन्न सकेको छ त ? यस्ता थुप्रै प्रश्न विद्यार्थी वर्गहरु, शिक्षकहरु तथा अभिभावकमा उव्जनु स्वभाविक हो र यसको जवाफ खोजिनु पनि अति आवश्यक छ किनभने यो लाखौ लाख विद्यार्थीहरुको भविष्यसँग जोडिएको विषय हो । सम्वधित मन्त्रालय तथा विश्वविद्यालयले बारम्बार सूचना दिइरहँदा पनि स्रोत साधन एवंम दक्ष जनशक्तिको अभाव र अहिलेको परिस्थितीले सबै क्याम्पस, विद्यालय र शिक्षकहरुले अपनाउन नसक्ने वाध्यात्मक स्थिती छ ।

याे पनि पढ्नुस  कोरोनाका कारण धरानमा आमा–छोराको मृत्यु

सम्पूर्ण शिक्षकहरुले आधुनिक उपकरणमा बानी नपरेको र पहिलो पटकयो अवस्था सृजना भएकोले विश्वविद्यालय तथा विद्यालयहरुको शिक्षा क्षेत्र पनि अन्योलमा छ । त्रिभुवन विश्वबिद्यालय, अन्य विश्वबिद्यालय र विभिन्न विद्यालयलाई आफ्नो पात्रो नविगार्न र नविगार्ने दवाब भएसँगै हतारोमा विभिन्न सूचना निकाल्दै आएका छन् । सरकारी तथा निजी क्यामपस र विद्यालयहरुको तुलना गर्दा निजी तहका क्यामपस र विद्यालयहरु बढी अनलाइनलाई प्रभाबकारी बनाउन खोजेको जस्तो देखिन्छ । निजी क्यामपस तथा विद्यालयका शिक्षकहरु बिना तलब आधा बर्षको पढाइ विद्यार्थीको हितलाई मध्यनजर गरी निःशुल्क अनलाइन पढा्इ रहेका छन् भने केहि सरकारी शिक्षक अनलाइन पढाइलाई तालिका मात्र फेरबदल गरेर तलब बुझिरहेका छन् । अर्को तर्फ कोहि शिक्षक तालिमको नाममा अनलाइन कक्षामा सहभागी समेत नभएको देखिन्छ ।

त्रिभुवन विश्वविद्यालयमा ४ लाख १५ हजार ४ सय ८२ विद्यार्थी अध्ययनरत छन् । त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयमा ४६ हजार १ सय ९०, पोखरा विश्वविद्यालयमा ३० हजार ७ सय ४९, काठमाण्डौ विश्वविद्यालयमा १६ हजार ४ सय ३६, सु.प. विश्वविद्यालयमा १ हजार ११, मध्यपश्चिम विश्वविद्यालयमा ५ हजार ७ सय २१, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ३ हजार ८ सय ७१, नेपाल संस्कृत विश्वविद्यालयमा २ हजार ७ सय २१, लुम्बिनी वौद्ध विश्वविद्यालयमा ७ सय १३, नेपाल खुल्ला विश्वविद्यालयमा ६ सय ८०, राजर्षि जनक विश्वविद्यालयमा १ सय ९१ र स्वास्थ्य विज्ञान प्रतिष्ठान (६ वटा) मा ३ हजार २ सय ४७ विद्यार्थीहरु अध्ययनरत छन् । उच्च शिक्षामा अध्ययनरत ५ लाख २७ हजार १२ मध्ये लगभग ७९ प्रतिशत विद्यार्थी त्रिविमा पढ्छन् । त्रिविले चैतदेखि अनलाइन कक्षा सञ्चालन गरेको थियो । हालसम्म १ लाख ४५ हजार विद्यार्थी, १६ हजार शिक्षक, कर्मचारीलाई इमेल आइडी वितरण गरिएको जनाएको छ । ४ हजार ५ सय शिक्षकलाई भर्चुअल कक्षासम्बन्धी क्षमता विकास तालिम दिदैँ आएको छ ।

याे पनि पढ्नुस  चितवनमा एकै दिन थपिए ७४ कोरोना संक्रमित

काठमाडौं विश्वविद्यालय र खुला विश्वविद्यालयले अनलाइनबाटै पठनपाठन र परीक्षा सञ्चालन गर्दै आएका छन् । अन्य विश्वविद्यालयले पनि अनलाइनसहित अन्य विधिबाट परीक्षा लिने तयारी गरिरहेको बुझिएको छ । कहिले अनलाइनको माध्यमबाटै पठनपाठन र परीक्षा लगायत शैक्षिक गतिविधि अघि बढाउन विद्यार्थीलाई क्याम्पस र विभागको सम्पर्कमा आउन त्रिविले सर्कुलर गरेको छ, त कहिले जसरी पनि दशैं अघि परिक्षा लिने भनेर विद्यार्थीहरुलाई दवाब र भार थुपारीरहेका छन्, भने अर्को तर्फ शिक्षा माफियाहरु आफ्नो निजी स्वार्थ पुरा गर्न सक्रिय भएर चलखेलमा हारगुहार गर्दैछन् ।

सरकारले स्थगित भएका परिक्षा भदौ महिना भरी संञ्चालन नगर्न निर्देशन दिएको छ र नयाँ भर्ना लगायतका सम्पूर्ण कार्यहरु असोज १ बाट मात्र गर्न गराउन भनेको छ । मन्त्रीपरिषद्ले गरेको उक्त निर्णयले झनै शैक्षिक पात्रोहरु पर धकेलिएको हो कि भन्न सकिन्छ । अनलाइन भर्ना लगायतका सम्पूर्ण कुराहरु व्यवहारमा नभएको र मात्र कागजी तबरमा मात्र सिमित देखिन्छ । अनलाईनबाट परिक्षा लिन पनि त्यत्ति सजिलो नभएको र स्रोत साधनको अभावको कारण यो पनि प्रभावकारी देखिदैन भन्ने केही शिक्षाविद्हरुको भनाई रहेको छ ।

विद्यार्थीहरु छरिएको र केही दिनको लकडाउन सम्झेर सम्पूर्ण कुराहरु छोडी स्थायी थलो आफ्नो गाँउ ठाउँमा गएका छन् र उनीहरुसँग पाठ्य सामाग्रीहरु नभएकाले पढाईबाट बन्चित भई रहेको परिस्थितीमा यो पनि असम्भवको कारण देखिन्छ । विद्यार्थीको खोजी गर्ने क्रममा अझै पनि विद्यार्थीहरु इन्टरनेटको पहुँचमा नभएको जानकारी पनि पाइएको छ । यस्तो असहज र कहरको बेला अब विश्वविद्यालयहरुसंग एसइइको प्रणाली बाहेक अरु केहि देखिदैन, यदि शैक्षिक वर्ष खेर जान नदिन हो भने । शिक्षा मन्त्रालयले विभिन्न विधि अवलंवन गर्नेे भनेता पनि उचित कार्यन्वयनको अभाव हुँदा तथा राजनीतिक अस्थिरताले अन्योलमा देखिन्छ । अनलाइनको विभिन्न प्रकारको विधि छ र त्यसलाई पनि अपनाउने कि नअपनाउने भनेर दोधारमा रहिरहेको छ ।

अरु देशको तुलनामा जाने हो भने हामी त्यो स्थीतिमा अझै पनि पुग्न सक्दैनौ र त्यसको लागि हामीले धेरै आधारभूत संरचनाहरुको विकास गर्र्नु पर्ने देखिन्छ । शिक्षा मन्त्रालयले भने यस शैक्षिक शत्रलाई अनलाइन बनाउने र अझै प्रभावकारी बनाउने रणनीति त ल्याएको सुनिन्छ तर ढिलासुस्ती र अस्थीरताका कारण यो पनि हाम्रो लागि उचित नहुने प्रस्ट छ ।
नेपाल सरकार, विश्वबिद्यालयका प्रमुख, आंज्ञिक क्यामपस, विद्यार्थी र टेलिकम प्रदायकको उचित समन्वय गरेर भरपर्दो र सहुलियतमा डाटा प्याक दिएर विद्यार्थीलाई पहुँचमा ल्याउन सक्ने ढोका अझ पनि खुल्ला नै छ, यसको लागि द्रुत नीति र कार्यक्रम ल्याउन पहल गर्नु आवश्यक छ र तुरुन्तै अबलम्बन गर्ने बाटो खुलाउन जरुरी छ ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा कोरोनाको नयाँ रेकर्ड

विद्यार्थीहरु थोरै भएपनि बिद्युत र इन्टरनेटको पहुँचमा छन् र ती विद्यार्थीहरुलाई खोजी गरेर छुट्टै प्रकारको अनुसन्धानमूलक विषय दिएर र समय सिमा तोकेर अनलाईन मार्फतबाट परिक्षा लिन पनि सकिन्छ । यस्तो गर्नको लागि थोरै समय र लागतमा यो सम्पन्न हुन सक्छ । सेमेष्टरको हकमा विश्वविद्यालयले लेखनबाट ६० प्रतिशत र क्याम्पसको आन्तरिक ४० प्रतिशतको मूल्याङ्कनबाट विद्यार्थीको नतिजा प्रकाशित गरिन्छ । यदि आन्तरिक ४० प्रतिशतलाई उचित मूल्याङ्कन गरी ४० प्रतिशतलाई १०० प्रतिशतमा परिवर्तन गरी अलि लचिलो बन्न पनि सकिन्थ्यो ।

त्यसैले कोरोनालाई हामी चुनौतीको साथ साथै यसलाई अवसरको रुपमा पनि लिन आवश्यक छ । नेपालको शैक्षिक प्रणालि अरु देशको तुलनामा ओरालो लागेको र विभिन्न व्यक्तिहरु र देशहरुले औलाइरहेको बेला यसलाई पूर्ण रुपमा परिवर्तन गर्न हामीले प्रशस्तै समय पाएका हौं । यो उचित समयलाई हामीले कति पनि सदुपयोग गरेनौं र एक अर्काको मुख मात्र ताकिरयौं । फलानो बिश्वविद्यालयले गरेपछि गर्छु भन्दा भन्दै समय गएको पत्तै पाउन सकेनौं र ढिला भएपछि मात्र हतारोमा हामी सूचना निकाल्दै दबाब मात्र सृचना गर्ने वातावरण बनायौं । कुन क्याम्पस र विद्यालयलाई कस्तो क्वारेनटिन बनाउने भन्दा पनि शिक्षा क्षेत्रलाई कसरी गुणात्मक बनाउनेमा जोड दिए लाखौं लाख विद्यार्थीको भविष्य उज्यालो तिर लम्कन्थ्यो होला ।

समयलाई उचित सदुपयोग गरेर बन्दाबन्दी गर्दा गर्दै रणनीतिक कार्ययोजना बनाउन सकेको भए हामी यस कहरबाट अछुतो हुन सक्ने थियौं होला । हामीले ४ महिना बन्दाबन्दी त गर्यौं तर त्यस अबधिमा गर्नुपर्ने कुनै रोकथाम हुने कार्यहरु गर्न सकेनौं । भारतको देखासिखि गरेर बन्दाबन्दीको अवधि बढाउने काम बाहेक हामीले उपलब्धी मुलक केहि ठोस निर्णय गर्न सकेनौं र फलस्वरुप हामी यो चँगुलमा फस्न वाध्य भयौं । २०७७ लाई राम्रो शैक्षिक सत्र बनाउन र बिधुतिय उपकरणलाई बढि प्रयोग गर्न सिकेर र सिकाएर नमूना सत्र बनाउने प्रशस्तै समय अझै पनि छ र हामी अन्य देशको विश्वविद्यालयसंग प्रतिशपर्दा गर्न सक्ने क्षमता राख्न सक्नु पर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्