कलेजो रोग विशेषज्ञ डा. साहले गरे आत्महत्या

काठमाडौं : भारतको मेदान्त अस्पतालमा काम गर्दै आएका रोबोटिक कलेजो प्रत्यारोपणका विशेषज्ञ नेपाली चिकित्सक डा. सुजित कुमार साहले आत्महत्या गरेका छन् ।

४० वर्षीय साहले मंगलबार आफू बस्दै आएको गुडगाँउको अर्पाटमेन्टको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेका भारतीय सञ्चार माध्यमले लेखका छन् ।

याे पनि पढ्नुस  दैनिक १० जना भ्रष्टाचारीले हामफालेर मरेको सुन्‍न पाऊँः सांसद रावल

घरेलु समस्याका कारण डा. साहले आत्महत्या गरेको हुनसक्ने प्रहरीका प्रारम्भिक अनुसन्धानले जनाएको छ । डा. साहका परिवार भारतको हिमान्चल प्रदेशमा बस्दै आएका छन् । उनकी श्रीमती र ६ वर्षकी छोरी पश्चिम बंगालमा बस्दै आएकी छन् ।

उनी केही समययता श्रीमतीसँग छुट्टिी बस्दै आएका बताइएको छ । उनले ३ वर्षदेखि मेदान्त अस्पतालमा रोबोटिक लिभर ट्रान्सप्लान्ट सर्जनका रुपमा काम गर्दै आइरहेका थिए ।

कमेन्ट गर्नुहोस्