कोरोना नियन्त्रणमा गल्ती गरेको भन्दै सिंगापुरका प्रधानमन्त्रीले मागे माफी

काठमाडौंः सिंगापुरका प्रधानमन्त्री ली हिसियन लुङले कोरोना नियन्त्रणका क्रममा गल्ती गरेको भन्दै माफी मागेका छन् ।

उनले संसदलाई सम्बोधन गर्दै सरकारले थप चाँडो र आक्रामक कदम चाल्नु पर्नेमा जोड दिएका छन् । ‘हामीले सतर्कता बढायौं । एक समयको लागि यो पर्याप्त देखिन्थ्यो । तर त्यसपछि आप्रवासीहरुका विशाल समूह झुण्डहरू एकै छानामा राखिएपछि कोरोना संक्रमणको त्रास बढेको हो,’ उनले भने ।

याे पनि पढ्नुस  कोरोना प्रभावः १.०७ बिलियन डलर कमाइ हुने र ६० लाख मानिस उपस्थित हुने ‘बियर फेस्टिवल’ रद्द

शुरूमा सिंगापुरले कोरोना महामारीको सामना गर्ने तरिकाबारे विश्वभर प्रशंसा भएको थियो । तर, त्यहाँ अचानक कोरोना संक्रमण तीव्र रुपमा फैलियो ।

त्यहाँको सरकारले आप्रवासी कामदारहरूको सम्बन्धमा गल्ती गरेको थियो । कोरोना महामारीको बेला २०–२० कामदारहरूलाई एउटै कोठामा राखिएको थियो । त्यसकारण कोरोना भाइरस बढेको भन्दै सरकारको आलोचना भएको थियो ।

याे पनि पढ्नुस  मृत्युपछि वृद्धामा कोरोना पुष्टि

त्यहाँ हालसम्म ५६ हजार ९०१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये करिब ५० हजार कम आम्दानी भएका आप्रवासी मजदुरहरू छन् । उनीहरू दक्षिण एशियाका विभिन्न देशहरूबाट आएका छन् र छात्रावासमा बस्न बाध्य छन् ।

हाल सबै छात्रावासहरू बन्द गरिएका छन् र सरकारले तीन महिनाको कडा लकडउनमा परीक्षणलाई व्यापक बनाएको थियो ।

याे पनि पढ्नुस  को हुन् कोरोनाबाट मृत्यु हुने पहिलो नेपाली ?

सिंगापुरले सिमाना अझै बन्द गरेको छ । त्यहाँको अर्थव्यवस्था पनि समस्यामा छ । श्रमिकलाई सुरक्षा दिन किन कदम चालेको छैन भनेर सरकारमाथि प्रश्न उठिरहेको छ ।

कमेन्ट गर्नुहोस्