पुजारी साहको हत्या आरोपमा २ जना पक्राउ

काठमाडौं : रौतहटको माधवनारायण नगरपालिका-२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा संलग्न भएको आशंकामा २ जना पक्राउ परेका छन् ।

उनीहरू बुधबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रामनरेश राउत पटेल र बालकृष्ण पटेल रहेको प्रहरीले जनाएको छ । उनीहरूका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्