मलिंगाले आइपीएल नखेल्ने

काठमाडौं : मुम्बई इन्डियन्सका तीव्र गतिका बलर लसिथ मलिंगाले इन्डियन प्रिमियर लिग (आइपीएल)को १३ औँ संस्करण नखेल्ने भएका छन् ।

आफ्ना बुबाको स्वास्थ्य अवस्था खराब भएका कारण मलिंगाले आसन्न आइपीएल संस्करण नखेल्ने भएका हुन् । उनले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

याे पनि पढ्नुस  आइपीएल अक्सनमा सर्बाधिक ‘अनसोल्ड’ रहेका ४ क्रिकेटर

उनको स्थानमा मुम्बईले अष्ट्रेलियन खेलाडी जेम्स पाटिसनलाई भित्र्याउने भएको छ । आसन्न आइपीएल सिजन सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईमा हुँदैछ ।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यो पटक आइपीएल यूएईमा आयोजना गरिएको हो । टोलीहरू आइपीएल २०२० का लागि यूएई पुगिसकेका छन् । र, सबै फ्रेन्चाइज टोली तयारीमा लागिसकेका छन् ।

कमेन्ट गर्नुहोस्