भारतमा ऐतिहासिक उच्च संक्रमण, एकै दिन ८३ हजार संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाले उच्च रेकर्ड राखेको छ । बुधबारका दिन भारतमा आजसम्मकै उच्च संक्रमण देखिएको हो ।

बुधबारको तथ्यांक अनुसार, भारतमा एकैदिन ८३ हजार ८६० जनामा संक्रमण देखिएको हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको छ ।
यही गतिमा संक्रमण चुलिंदै जाने हो भने भारत यो हप्ताभित्र संसारको दोश्रो उच्च संक्रमण हुने देशमा गनिने छ । अहिले ४० लाख संक्रमितसँगै ब्राजिल दोश्रो स्थानमा छ भने अमेरिका सबैभन्दा उच्च संक्रमण भएको देशमा रहेको छ ।

याे पनि पढ्नुस  भारतमा कोरोनाले बनायाे नयाँ रेकर्ड

भारतमा अगस्तको अन्तिम साता कोरोना संक्रमणमा उल्लेख्य बृद्धि भएको हो । पछिल्लो दिनमा प्रतिदिन ७५ हजार भन्दा बढीमा संक्रमण देखिँदै आएको छ ।
अहिलेसम्म भारतमा २९ लाख ६७ हजार ३९६ जना निको भएको छन । कोरोनाका कारण ६७ हजार ३८६ जनाको निधन भएको छ ।

याे पनि पढ्नुस  सडक दुर्घटनामा २४ मजदूरको मृत्यु, दर्जनौं घाइते

अगस्त महिनामा मात्रै २।३२ लाख एक्टिभ केस बढेका थिए । विगत भन्दा बिरामी निको हुने दर समेत घटेको छ ।

भारतमा कोरोनाका कारण राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ भने दर्जनौं मन्त्री र उच्च पदस्थ कर्मचारीमा पनि कोरोना देखिएको छ । अर्कोतर्फ सकुम्बासी, झुग्गीमा बस्ने, गरिब, स्वास्थ्य र समुचित आवश्यकता पुर्ति गर्न नसक्ने वर्गमा यसको संक्रमण देखिएको छ ।

याे पनि पढ्नुस  भारतमा आज रातीदेखि २४०० रेल बन्द गरिने

भारतले संक्रमणबाट उत्पन्न असन्तुष्टि र सरकारविरोधी जनमतलाई अन्यत्र मोड्न लद्दाखमा चीनसँगको सीमा विवादलाई चर्काउन खोजेको समेत कतिपयले आरोप लगाएका छन् ।

 

कमेन्ट गर्नुहोस्