मध्यराती ढोरपाटनको भूजिखोलामा बाढी आएपछि १५ जना सम्पर्कबिहीन, ३० घर बगायो

बाग्लुङ । निरन्तर वर्षाको कारण बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा आएको बाढीका कारण १५ जना सम्पर्कविहीन भएका छन् । ३० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

स्थानीय जीवन पुनले दिएको जनाकारी अनुसार राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ३० घरसहित दुईवटा विद्युत गृह, एक वटा झोलुङले पुल, दुई वटा विद्यालय बगाएको छ ।

याे पनि पढ्नुस  ढोरपाटन बाढीः शव टुक्रा–टुक्रा हुँदा चिन्नै मुस्किल !

ढोरपाटन नगरपालिका वडा नम्बर ९ लाँकुरिबोट तीन जना, दुनेपँधेरा तीन जना, घट्टबोट सात जना र सुब्राङमा दुई जना सम्पर्कबिहीन भएको घर्ती मगरको भनाई छ ।

उहाँका अनुसार हालसम्म ढोरपाटन नगरपालका ९ को लाँकुरीबोट १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको छ भने सरस्वती आधारभूूत विद्यालय र जनचेतना प्राथमिक विद्यालय समेत बाढीले बगाएको छ ।

याे पनि पढ्नुस  भारतमा बाढीको कहरः सय बढीको मृत्यु, जलमग्न उत्तर प्रदेश र बिहार

‘रातिमा घटना भएको हुँदा पूर्ण रुपमा विवरण उतार्न सकेका छैनौँ, कहाँ कति क्षति भयो,’ घर्ती मगरले भन्नुभयो ‘यो बाहेक थप विवरण हामीले उतार्ने प्रयासमा छौँ, सम्पर्क हुन सकेको छैन ।’

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षकभण्डारीले फोन मार्फत भन्नुभयो, “अहिले उद्दारको काम भइरहेकोछ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।” बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । उहाँले राति नै घटना स्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिनुभयो ।

याे पनि पढ्नुस  भारतको आसाममा बाढीबाट १११ जनाको मृत्यु, लाखौं व्यक्ति प्रभावित

 

 

कमेन्ट गर्नुहोस्