भुजिखोला त्रासदीः २ जनाको शव फेला पर्यो, दर्जनबढी अझै वेपत्ता

बागलुङ, ढोरपाटन नगरपालिका ९ बोवाङ्गको भुजिखोलामा गएराती आएको बाढीमा वेपत्तामध्ये दुई जनाको शव भेटिएको छ । बागलुङका एसपी नवराज भट्टका अनुसार लगातारको वर्षासँगै बुधबार मध्यराति खोलामा आएको बाढीले ठूलो मानवीय क्षति भएपनि प्रहरी घटनास्थल पुग्न समस्या भएकाले मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।

याे पनि पढ्नुस  बाग्लुङको तमानखोलामा पहिरोले घर पुरिँदा तीनको मृत्यु

बाढीले भुजुखोला चौथो र पाँचौ लद्यु जलविद्युत आयोजताको पावर हाउससमेत बगाउँदा सो क्षेत्रमा सम्पर्क विच्छेद भएको छ । बाढीले जनचेतना प्रावि र सरसस्वती आधारभूत विद्यालयको भवन झोलुङ्गे पुल बगाएको छ ।

पहिराले ढोरपाटन सालझण्डी मोटरबोटो पूर्णरूपमा अवरुद्ध गरेको हुँदा उद्धारको प्रहरी घटना स्थल पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । स्थानीय प्रहरीचौकीबाट प्रहरीको उद्धार टोली पैदल यात्रामार्फत घटना स्थलतर्फ हिँडेको छ ।

याे पनि पढ्नुस  श्रीमानले दोस्रो विवाह गर्न नमन्दा श्रीमतीले गरिन आत्महत्या !

ढोरपाटन(सालझण्डी सडक खण्डकोे बस्तीमाथि रहेको फलेगरमा गएको पहिरोले भुजिखोला थुनिएको र खोलाको ताल फुटे पछि बाढी आएको हुन सक्ने स्थानीयले बताएका छन् । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र न्यौपानेसहितको सुरक्षा निकायको टोली प्रस्थान गरेको छ ।

कमेन्ट गर्नुहोस्