बाग्लुङ बाढी अपडेटः बाढीले बगाएका ६ शव फेला, दर्जन बढी अझै बेपत्ता

बाग्लुङ, जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीमा वेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको छ ।

बाढीमा अझै एक दर्जनबढी मानिस वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

गएराती अचानक आएको बाढीले सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका १० भन्दा बढी घर बगाएको थियो ।

याे पनि पढ्नुस  भुजिखोला त्रासदीः २ जनाको शव फेला पर्यो, दर्जनबढी अझै वेपत्ता

बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी न्यौपानेले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्