भारतमा एक वर्षमै ४३ हजार किसान र ज्यालादारी मजदूरद्वारा आत्महत्या

काठमाडौं: संसारकै ठूलो लोकतन्त्रको दावी गर्ने भारतमा एक वर्षमा ४३ हजार किसानले आत्महत्या गरेका छन् । यो संख्या आधिकारिकरुपमा रिपोर्ट भएका घटनाको मात्र हो । सरकारी तथ्यांकमा समावेश नभएका घटनाहरु हेर्दा यसभन्दा पनि बढी किसानले आत्महत्या गर्न विवश हुनुपरेको छ ।

भारतको राष्ट्रिय अपराध ब्यूरोले हालै जारी गरेका तथ्यांक अनुसार, वर्ष २०१९ मा देशभरी करिब ४३ हजार किसान र दैनिक ज्यालादारी मजदूरले आत्महत्या गरेका हुन । यो कूल आत्महत्याको करिब एक तिहाई हो । गत वर्ष भारतमा १ लाख ३९ हजार १ सय २३ जनाले आत्महत्या गरेका थिए ।

याे पनि पढ्नुस  भारतमा कोरोना भाइरसबाट एक जनाको मृत्यु

तथ्यांक अनुसार, गत वर्ष ३२ हजार ५६३ दैनिक ज्यालादारी मजदूरहरुले आत्महत्या गरेका थिए । यो जम्मा आत्महत्याको २३.४ प्रतिशत हो । कृषि क्षेत्रसँग जोडेका १० हजार २८१ किसानले यो अवधिमा आत्महत्या गरेको रिपोर्टमा उल्लेख छ ।

सबैभन्दा धेरै आत्महत्या महाराष्ट्रमा रहेको छ । त्यसपछि कर्नाटक, आन्ध्र प्रदेश, मध्य प्रदेश, छत्तीसगढ र तेलंगाना रहेका छन् । यी सबै क्षेत्रहरु नक्सलवादी प्रभावित क्षेत्र समेत हुन ।

याे पनि पढ्नुस  यौन शोषणका आरोपी डोनाल्ड ट्रम्पका अर्बपति साथीद्वारा जेलभित्रै आत्महत्या

तथ्यांक हेर्दा वर्ष २०१९ मा आत्महत्या गर्नेहरुमा दुई तिहाई विवाहित रहेका छन् । शैक्षिक अवस्था हेर्दा १२.६ प्रतिशत मात्रै निरक्षर छन ।

भारतमा कमजोर आर्थिक धरातल र सामाजिक परिस्थिति आत्महत्याका लागि मुख्य जिम्मेवार मानिएको छ । किसानहरु ऋणमा डुबेको कारण र मजदूरहरुले दैनिक परिस्थितिसँग जुध्न नसक्दा निराश भएर आत्महत्या गर्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्