निषेधाज्ञा उल्लंघन गर्दै रातो मत्स्येन्द्रनाथको रथ यात्रा, स्थानीयसँग प्रहरीको झडप

काठमाडौंः कोरोनाका कारण जारी निषेधाज्ञा उल्लंघन गर्दै ललितपुरको पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ जात्रा गर्न थालेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ ।

प्रहरीले रथ तान्न रोकेपछि युवाहरूले विरोध गर्दा झडप भएको हो । प्रहरीले भीड हटाउन पानीको फोहोराका साथै केही सेल अश्रुग्यास हानेको छ । स्थायीय युवाहरूले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । त्यहाँ अहिले पनि तनाव जारी छ ।

याे पनि पढ्नुस  काठमाडौंमा फेरि थपियो निषेधाज्ञा, के गर्न पाइन्छ, के गर्न पाइँदैन ? (सूचीसहित)

स्थानीयहरूले कोरोनाको सुरक्षित मापदण्ड बनाई रथयात्रा गर्नुपर्ने माग गरेका छन् । कोरोना महामारी र लकडाउनका कारण निर्धारित तिथिमा हुन नसकेको रथयात्रा अहिलेसम्म स्थगित रहँदै आएको थियो ।

 

कमेन्ट गर्नुहोस्