७० वर्षीय दुलाहा, ५५ वर्षीया दुलही, अस्पतालमै भयो प्रेम, छोरोले गराए विवाह

काठमाडौंः भारतको मध्य प्रदेशको भुरखेरी गाउँमा एउटा चाखलाग्दो विवाह भएको छ ।

त्यहाँ एक ७० वर्षीय वृद्व ओमकार सिंह उपचारका लागि अस्पताल गए । उपचारका लागि अस्पताल गएका ती वृद्वले ५५ वर्षीया महिलालाई मन पराउन थाले ।

एक अर्कालाई मन पराउन थालेपछि दुबैका परिवारले उनीहरूको विवाह गराइदिए । त्यहाँ दुलाहाको उमेर ७० र दुलहीको उमेर ५५ वर्ष ।

याे पनि पढ्नुस  जान्दाजान्दै एड्स लागेकी युवतीसँग विवाह !

७० वर्षीय दुलहा ओमकार सिंह जिल्ला अस्पतालमा भर्ना भएका थिए । सो क्रममा उनको ५५ वर्षीया गुड्डीबाईसँग भेट भएको थियो । तीन दिनमै उनीहरूले एक अर्कालाई मन पराएर विवाह गर्ने फैसला गरे । बाँकी जिन्दगी एकसाथ विताउने बाचा गरे ।

याे पनि पढ्नुस  महिलालाई १८ वर्षमा विवाह गर्न दिनुपर्ने सांसदकाे माग

दुलाहा बनेका ओमकार सिंहका चार छोरा छन् । उनले गुड्डीबाईकलाई अटोमा आफ्नो घर ल्याएका थिए ।

त्यसपछि ओमकारका चार छोरो, गाउँलेले उनीहरूको विवाद धुमधामका साथ गरिदिए । ओमकारकी पत्नीको ३ वर्षअघि मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्