ड्युटीमा रहेका प्रहरीमाथि पुल्चोकमा कुटपिट, भिडियो भयो भाइरल

काठमाडौंः ड्युटीमा रहेका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घाट कुटपिट भएको छ । ललितपुरको पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ यात्रा गर्न निस्किएका स्थानीय युवाहरूले घिमिरेमाथि कुटपिट गरेका हुन् ।

कोरोनाका कारण जारी निषेधाज्ञा उल्लंघन गर्दै रथ जात्रा गर्न थालेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो । प्रहरीले रथ तान्न रोकेपछि युवाहरूले विरोध गर्दा झडप भएको थियो । प्रहरीले भीड हटाउन पानीको फोहोराका साथै केही सेल अश्रुग्यास हानेको थियो । स्थायीय युवाहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । सोही क्रममा घिमिरेमाथि कुटपिट भएको हो ।

याे पनि पढ्नुस  ट्राफिक प्रहरीद्वारा पठाओ चालकलाई कारबाही

सार्वजनिक भिडियोमा ड्युटीमा एक्लै रहेका घिमिरेलाई युवाहरूको समूहले कुटपिट गरेको देखिन्छ । युवाको कुटपिटपछि ती घिमिरेमा भुइँमा लड्छन् ।

एक जना युवाले त्यहाँबाट बचाउँदै घिमिरेलाई अर्को स्थानमा ल्याउँछन् । तर भाग्दै गरेको घिमिरेलाई पिछा गर्दै अन्य युवाहरूले कुटपिट गर्न छोड्दैनन् । घिमिरे भाग्दै भाग्दै अन्ततः ड्युटीमा रहेका प्रहरीको सम्पर्कमा पुग्छन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कुटपिट गर्नेहरूको आलोचना भइरहेको छ ।

याे पनि पढ्नुस  ‘लकडाउन’को दोस्रो दिनः तीन सय गाडी नियन्त्रणमा

हाल घिमिरेको अल्का अस्प्तालमा भइरहेको छ । अस्पताल स्रोतका अनुसार घिमिरेको टाउको र हातमा चोट देखिएको छ । अहिले सिटी स्क्यान गर्ने तयारी भइरहेको जनाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले दोषीको खोजी भइरहेको बताए ।

याे पनि पढ्नुस  ट्राफिक प्रहरीको व्यवहारले लियो ज्यान, हर्ट अट्याक भएर युवकको मृत्यु

स्थानीयहरूले कोरोनाको सुरक्षित मापदण्ड बनाई रथयात्रा गर्नुपर्ने माग गरेका छन् । कोरोना महामारी र लकडाउनका कारण निर्धारित तिथिमा हुन नसकेको रथयात्रा अहिलेसम्म स्थगित रहँदै आएको थियो ।

ड्युटीमा रहेका प्रहरी जवानमाथि पुल्चोकमा निर्घात कुटपिट (भिडियो)

ड्युटीमा रहेका प्रहरी जवानमाथि पुल्चोकमा निर्घात कुटपिट (भिडियो)

Posted by Everest Dainik on Thursday, September 3, 2020

 

कमेन्ट गर्नुहोस्