प्लाज्मा र रेम्डिसिभिर दिइएका गम्भीर २ संक्रमितको स्वास्थ्य सुधार

नेपालगञ्ज : बाँकेका २ ठूला अस्पतालमा प्लाज्मा र रेम्डिसिभिर दिइएका २ जना गम्भीर अवस्थाका कोराना सङ्क्रमितको स्वास्थ्यमा सुधार देखिएको अस्पतालले जनाएका छन् ।

भेरी अस्पतालमा पहिलो पटक प्लाज्मा दिइएका सल्यान शारदा नगरपालिका- ६ का २९ वर्षीय गम्भीर कोरोना सङ्क्रमित पुरुष र नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा पहिलो पटक रेम्डिसिभिर दिइएका धनगढीका ४८ वर्षीय पुरुषको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पाइएको छ ।

याे पनि पढ्नुस  मोबाइल अफ गरेर १२ कोरोना संक्रमित सम्पर्कविहीन

भेरी अस्पतालका प्लाज्मा थेरापीका सम्पर्क व्यक्ति डा. खगेन्द्रजङ्ग शाहले गत शुक्रबार भेरी अस्पतालमा भर्ना भएका सल्यानका पुरुषको अवस्था निकै गम्भीर बनेपछि उनलाई मङ्गलबार प्लाज्मा दिइएको र त्यसपछि क्रमशः उनको स्वास्थ्यमा सुधार आउँदै गएको बताए ।

उनले प्लाज्मा दिएको तेस्रो दिनमै उनको स्वास्थ्यमा राम्रो सुधार देखिएकोले आफूहरू उत्साहित भएको बताउनुभयो ।

याे पनि पढ्नुस  धनगढीको प्रयोगशालामा २ जनाको रिपोर्ट शंकास्पद, थप परीक्षणका लागि काठमाडौं पठाइयो

डा. शाहले सङ्क्रमितको स्वास्थ्य अवस्थामा व्यापक सुधार आएको जनाउँदै यस्तै अवस्था रहेमा उहाँलाई बिहीबारनै अक्सिजनबाट बाहिर निकालिने पनि बताए ।

ती सङ्क्रमितलाई नेपालगञ्ज १ का वडाअध्यक्ष प्रमोद रिजालले प्लाज्मा दिएका थिए ।

कमेन्ट गर्नुहोस्