घुस लिएको आरोपमा वडाध्यक्ष अख्तियारको फन्दामा

रूपन्देही : सेवाग्राहीसँग घुस लिएको अभियोगमा रोहिणी गाउँपालिका- २ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आज नियन्त्रणमा लिएको छ ।

सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग ४५ हजार घुस मागेको र २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा वडाध्यक्ष पाण्डेलाई नियन्त्रणमा लिइएको आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

याे पनि पढ्नुस  जिल्ला शिक्षा अधिकारीसहित ६ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

पाण्डेलाई वडा कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्