निर्घात कुटिएका ट्राफिक प्रहरी जवानको उपचार हुँदै

काठमाडौं : आज रातो मछिन्द्रनाथको रथ तान्‍ने क्रममा निषेधाज्ञा अवज्ञा गर्दै सडकमा निस्किएका प्रदर्शनकारीबाट निर्घात कुटिएका ट्राफिक प्रहरी जवानको अल्का अस्पतालमा उपचार भइरहेको छ ।

ट्राफिक जवान कमलप्रसाद घिमिरे प्रदर्शनकारीले घिसार्दै लात्ती र मुक्का बर्साएर सडकमा लडाएपछि त्यहाँ तैनाथ प्रहरीको अर्को टोलीले उद्धार गरेको थियो ।

याे पनि पढ्नुस  उपत्यकामा थप १ साता निषेधाज्ञा थप्ने तयारी

कुटपिटबाट उनको ढाड, टाउको, घाँटी र शरीरका अन्य भागमा चोट लागेको छ । घिमिरेलाई प्रहरीले तत्कालै उद्धार गरेर अल्का अस्पतालमा भर्ना गरिएको थियो ।

उनको स्वास्थ्य अवस्था बुझ्‍न बिहीबार साँझ ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकाल जावलाखेलस्थित अल्का अस्पताल पुगेका छन् । ​

कमेन्ट गर्नुहोस्