ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जना पक्राउ

काठमाडौं : ट्राफिक प्रहरीलाई निर्घात कुटपिट गर्ने ९ जना पक्राउ परेका छन् । बिहीबार दिउँसो मच्छिन्द्रनाथको रथ तान्न निस्किएका युवाहरूले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेका थिए।

कुटपिटमा संलग्नलाई पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डीएसपी सन्तोष तामाङले जानकारी दिए ।

याे पनि पढ्नुस  आमाको उजुरीपछि छोरी बलात्कार गर्ने बुबा पक्राउ

रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका स्थानीयले ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरी जवानमाथि कुटपिट गरेका थिए ।

मंगलबजार प्रभागमा कार्यरत उनको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ । अरू चार जना प्रहरी पनि घाइते भएका छन् ।

स्थानीय प्रशासन र ज्यापु समाजको अनुमतिबिनै भेला भएका स्थानीयले रथ तान्न थालेपछि प्रहरीले त्यसलाई रोक्ने क्रममा झडप भएको थियो ।

कमेन्ट गर्नुहोस्