चीनले भारतविरुद्ध प्रदर्शन गर्न नेपाली संगठनलाई ४ करोड रुपैयाँ दिएको भारतीय मिडियाको आरोप

काठमाडौं : भारतका मिडियाहरूले नेपालमा भारतविरोधी प्रदर्शनमा चिनियाँ लगानी लगाएको आरोप लगाएका छन् ।

भारतले लिम्पियाधुरालाई समेट्दै नयाँ नक्सा जारी गरेपछि नेपालमा स्वतःस्फूर्तरुपमा आन्दोलन भएको थियो ।
तर भारतीय मिडियाहरुले भने यी आन्दोलन चीनद्वारा परिचालित भएको आरोप लगाएको छ ।

भास्कर दैनिकमा आन्दोलनका क्रममा लिइएको तस्वीर प्रकाशित गर्दै चीनले नेपाली संगठनहरूलाई भारतविरुद्ध प्रदर्शनका लागि अढाई करोड भारु अर्थात् नेपाली रुपैयाँ चार करोड दिएको बताएको छ ।

केही खुफिया एजेन्सीले दिएको जानकारी भन्दै चीनले भारतविरोधी कतिपय संगठनलाई तयार गरेको र चिनियाँ दूतावसले पैसा दिएको समाचारमा उल्लेख छ ।

याे पनि पढ्नुस  देशैभर अध्यादेश फिर्ता गर्न माग गर्दै नेविसंघद्वारा प्रदर्शन

नेपाल र भारतबीच रहेको १७ सय किलोमिटर लामो सीमा क्षेत्रका कैयन स्थानमा विवाद कायमै छ । गत मई ८ का दिन भारतका रक्षा मन्त्री राजनाथसिंहले धार्चुलादेखि लिम्पियाधुरा हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेपनि नेपालमा यसको चर्को बिरोध भएको थियो । त्यसपछि नेपाल सरकारले नयाँ नक्सा जारी गर्दै ती भूभागमा आफ्नो दावी गरेको थियो ।

याे पनि पढ्नुस  नसुध्रिएसम्म भारतीय मिडियामाथिको प्रतिबन्ध : सञ्चारमन्त्री खतिवडा

समाचारमा चीनले गोर्खा युवाहरुमा अध्ययन गर्नका लागि काठमाडौंको एउटा गैर सरकारी संस्थालाई १२.७ लाख भारतीय रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको आरोप पनि उल्लेख छ ।

चीनले गोर्खा समुदायका युवा किन भारतीय सेनामा भर्ना हुन उत्सुक हुन्छन् भन्ने कुरा पत्ता लगाउन उक्त अध्ययन गर्न लगाएको समाचारमा छ । उक्त अध्ययन गर्न जुनको पहिलो साता चिनियाँ राजदूतले चाइना स्टडी सेन्टरलाई पैसा दिएको बताइएको छ ।

याे पनि पढ्नुस  थाइल्याण्डमा राजतन्त्रविरुद्ध विशाल ऐतिहासिक प्रदर्शन

पछिल्लो समयमा भारतीय मिडियाले अनर्गल र अनावश्यक प्रचारबाजी शुरु गरेका छन् । केही समयअघि भारतीय मिडियाले चिनियाँ राजदूतका बारेमा अभद्र तरिकाले टिप्पणी गरेका थिए ।

नेपालका बिभिन्न क्षेत्रबाट भारतीय मिडियामा नेपालबारे आएका समाचार तथा टिप्पणीको कडा प्रतिवाद भएपछि भारतीय मिडिया चुप लाग्न बाध्य भएको थियो । तर अहिले फेरी लद्दाखमा चीनसँग झडप हुने क्रम बढेको बेला भारतले चीनलाई मुछेर नेपालविरुद्ध प्रचारबाजी थालेको हो ।

कमेन्ट गर्नुहोस्