पाकिस्तानका पूर्व गृहमन्त्रीमाथि बलात्कारको आरोप, महिलालाई देश छोडेर जान निर्देशन

इस्लामाबाद । पाकिस्तानका पूर्व गृहमन्त्रीमाथि बलात्कारको आरोप लगाउने एकजना अमेरिकी महिलालाई देश छोडेर जान निर्देशन दिइएको छ ।

ती महिलाले पाकिस्तानका पूर्व मन्त्रीमाथि बलात्कार र शारीरिक शोषण गरेको आरोप लगाएकी थिइन ।

पेशाले ती महिला ब्लगर रहेको बताइन्छ । भिजा अवधी समाप्त भएपछि आवेदन दिन जाँदा उनलाई १५ दिनभित्र देश छोडेर जान भनिएको हो ।

इस्लामाबाद उच्च न्यायालले ती महिला पाकिस्तानमा बस्न पाउने या नपाउने भन्ने विषयमा आवश्यक निर्णय गर्न सरकारलाई भने बमोजिम गृह मन्त्रालयले उनलाई देश छोडेर जान भनेको हो ।

पाकिस्तानका एक युवा इफ्तियार अहमदले रिची नाम गरेकी ती महिला विदेशी नागरिक भएको र भिसा समाप्त भएपनि अवैधरुपमा पाकिस्तानमा बसेको भन्दै निवेदन दिएपछि अदालतले निर्णय सुनाएको थियो ।

यसअघि रिचिले फेसबुक पेजमा एउटा भिडियो क्लिप पोष्ट गर्दै पाकिस्तानका पूर्व गृहमन्त्री रहमान मलिकले उनीमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन । यसका साथै उनले पूर्व प्रधानमन्त्री युसूरफ रजा गिलानी र अन्य एक पूर्व मन्त्रीले पनि वर्ष २०११ मा आफूसँग मारपीट गरेको बताएकी थिइन ।
@CynthiaDRitchie #CynthiaDRitchie

कमेन्ट गर्नुहोस्