तर वामदेव मुडभेडको यो जटिल अवस्थामा जाने सम्भावना देखिँदैन किनभने उनी आफुसँग बलियो संगठन नभएको अवस्थामा पार्टीभित्र समन्वयको साटो विग्रह र स्पष्ट गुट या कित्ताबन्दीमा जाँदा उनको भविष्य सुरक्षित नहुने उनले विश्लेषण नगर्लान भन्न सकिन्न ।
नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले यसअघि स्थायी समितिको बैठकको निर्णयलाई अगाडि बढाउने सहमति व्यक्त गरेपछि राजनीतिमा नयाँ तरङ्ग थपिएको छ ।
नेकपा स्थायी कमिटिको बैठकले यसअघि नै वामदेव गौतमलाई उपाध्यक्ष र राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो । यद्यपी परिस्थिति अनुकुल नहुँदा र अध्यक्ष ओलीको सहमति नभएका कारण (?) उक्त निर्णय कार्यान्वयन भने हुन सकेको थिएन ।
तर यसअघि नै राष्ट्रीय सभाकाे अवधि सकिएका अर्थमन्त्री युवराज खतिवडाको स्थानमा सहमति जुटाउनै पर्ने बाध्यता नेकपा सामु आएपछि पुरानो निर्णयमा सहमति जुटेको थियाे ।
परोक्षरुपमा प्रचण्डलाई फाइदा
वामदेव गौतमको गुनासो जहिल्यै पनि अधिकारसहितको जिम्मेवारी नपाएको रहँदै आएको छ । बर्दियाबाट निर्वाचन लडेका वामदेवले आफूलाई नियोजितरुपमा केपी ओली समूहले हराएको बताउँदै आएका थिए । निर्वाचनमा पराजित हुँदा र पार्टीभित्र पनि कार्यकारी भूमिका नहुँदा वामदेवभित्र छटपटी उत्पन्न हुनु स्वभाविकै थियो ।
वामदेवको इतिहास हेर्दा उनी हक्की स्वभावका नेताका रुपमा लिइन्छन् । पछिल्लो समयमा जिम्मेवारी या अर्को अर्थमा पदका लागि उनले दायाँ, बायाँ सम्झौता गर्दै गएकोमा आलोचना खेपेपनि एजेण्डाका हकमा भने उनले आफ्नो अडान नत्याग्ने नेताका रुपमा इतिहासले सम्झिन्छ ।
तत्कालिन अवस्थामा यही एजेण्डाका आधारमा उनले नेकपा माले नाम अलग्गै पार्टी समेत बनाए । यद्यपी कालान्तरमा उनले त्यसलाई जोगाउन सकेनन् र पुनः एमालेसँग एकता गरे ।
यतिमात्रै होइन, माओवादी जनयुद्द उत्कर्षमा पुगेको बेला वामपन्थी र गैर वामपन्थी सरकारहरुको निशानामा सशस्त्र युद्द थियो । अहिले विप्लवहरुलाई राज्यले व्यवहार गरेजस्तो त्यतिखेर एमाले र माओवादी वर्ग दुश्मन थिए । तर त्यो अवस्थामा पनि वामदेवको सहानुभूति तत्कालिन माओवादीसँग थियो । यही क्रममा
उनी माओवादीका शीर्ष नेता भेटन रोल्पा नै पुगे । यो कुरामा उनले पार्टीभित्र आलोचना खेप्नु पर्यो ।
माओवादी शान्ति प्रक्रियामा आएदेखि संविधान निर्माणको बेलासम्म वामदेवले अग्रगामी एजेण्डाकै पक्षमा आफूलाई उभ्याए । कतिपय तत्कालका मुद्दामा माओवादीको आलोचना गरेपनि मूलतः उनको अडान यथास्थिति विरुद्ध नै रह्यो ।
त्यसैले नेकपा अध्यक्ष प्रचण्डले वामदेवमा बेलाबखत देखा पर्ने दक्षिणपन्थी रुझानका बारेमा बहस चलिरहँदा भन्ने गरेका थिए– व्यक्तिलाई एउटा घटनाका आधारमा मूल्यांकन गर्नु हुँदैन बरु समग्रतामा अध्ययन गरिनु पर्दछ । वामदेवले कतिपय कालखण्डमा विचलन देखिएपनि मूलतः उनको भूमिका अग्रगामी नै छ ।
भलै पछिल्लो चरणमा वामदेवले आफू कुनै कित्तामा नरहेको बताएपनि विगतमा उनको भूमिका हेर्दा उनले यथास्थितिवादको बिरोध गर्ने नै देखिन्छ ।
सम्भवतः यही बुझाई भएर होला, पछिल्लो समय वामदेव भूमिकाविहिन भएको बेला उनलाई अध्यक्ष र राष्टिन्य सभामा ल्याउन प्रचण्डको निकै जोडबल रह्यो । जबकि पूर्व एमाले समूहबाट भने वामदेवलाई प्रतिनिधि सभामा ल्याउने योजनाविरुद्ध षडयन्त्र भएको वामदेव नै बताउँछन् । डोल्पा र काठमाडौंबाट निर्वाचन लडेर प्रतिनिधि सभामा जाने उनको सपना यही कारण पुरा हुन सकेन ।
पछिल्लो चरणमा स्थायी कमिटि बैठकले वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय गर्यो । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली पनि त्यसमा सहमत नै थिए । तर उनी केही दिनमा नै वामदेवलाई लैजाने निर्णयबाट पछि हटे । यो अवस्थामा चितवन पुगेका प्रचण्डले वामदेव जसरी पनि राष्ट्रिय सभामा लैजानुपर्छ भनेर दबाब दिने काम गरे ।
अन्ततः नेकपा सचिवालय बैठकले वामदेवलाई लैजाने निर्णय गर्यो । कतिपयले ओली र वामदेवबीच सहमति भएर या ओलीका पक्षमा वामदेव उभिने सहमति गरेर निर्णयमा सर्वसम्मति जुटेको दावी गरेपनि मूलतः यो प्रचण्डले अघि सार्दै आएको एजेण्डाको विजय नै देखिन्छ । भलै पछिल्लो चरणमा वामदेवले आफू कुनै कित्तामा नरहेको बताएपनि विगतमा उनको भूमिका हेर्दा उनले यथास्थितिवादको बिरोध गर्ने नै देखिन्छ । यो भनेको नेकपाभित्र अग्रगामी र पश्चगामी एजेण्डाका बीचमा वामदेवले अग्रगामी एजेण्डा समर्थन गर्नुे अवस्था सिर्जना हुनु हो ।
वामदेवको अबको भविष्य
वामदेवको कार्यकारी उपस्थितिबाट उनको भविष्यका बारेमा मूलतः तीनवटा सम्भावनाबारे अहिले चर्चा चलिरहेको छ । पहिलो, वामदेव अब अध्यक्ष ओली नेतृत्वको सरकारमा जान्छन् । उनले उपप्रधानमन्त्री तथा गृह मन्त्रालय या अर्थ मन्त्रालय पाउँछन् । यद्यपी वामदेवले यो विषयमा केही बोलेका छैनन् । यसो भएको खण्डमा ओली सरकारमा ओलीपछि सबैभन्दा बढी राजनीतिक उचाई भएका नेताका रुपमा वामदेव रहनेछन् । संसदीय प्रणालीमा प्रधानमन्त्री नै मुख्यतः प्रभावशाली हुने भएपनि वामदेवको उपस्थिति प्रधानमन्त्रीले एकलरुपमा अघि बढ्ने स्थितिको अन्त्यका रुपमा कतिपयले लिएका छन् । यसबाट सरकारको प्रभावकारितामा समेत फरक पर्ने देखिन्छ । सत्ता चलाएको अनुभव भएको र हाकाहाकी स्वभावका कारण कर्मचारीतन्त्रमा समेत वामदेवको उल्लेख्य प्रभाव हुने, मन्त्रीपरिषदका निर्णयहरुमा प्रभाव पर्ने सामान्य आँकलन गर्न सकिन्छ ।
कतिपय विषयमा उनी दायाँ बायाँ हुनसक्ने सम्भावना रही रहेपनि मूलतः प्रचण्डको समाजवादतर्फको राजनीतिक ‘मुभ’मा वामदेव सहयोगी नै रहने सम्भावना देखिन्छ ।
दोश्रो, अबको महाधिवेशनमा वामदेव गौतमले विचार समूहको नेतृत्व गर्ने दावी पनि कतिपयले गरेका छन् । नेकपाभित्र पूर्व विचार समूहको मनोविज्ञानको नेतृत्व गराउने कोशीस ओली पक्षले लामो समयदेखि गर्दै आएको छ । खासगरी पूर्व माओवादी समूहसँग विवाद पर्दा जबजको संवेदना बेलाबखत उजागर गरिन्छ पनि । अर्कोतर्फ पछिल्लो समय ओली र वामदेवबीचको सम्बन्ध सुधार हुनु, पार्टीमा गम्भीर विवाद भएको बोल ६ बुँदे सुझाव अघि सारेर पार्टीमा नयाँ तरंग सिर्जना गर्नु जस्ता घटनाले वामदेवलाई ओलीले आफ्नो विचार समूहको नेतृत्वकारी भूमिकाको रुपमा अघि सार्ने अडकलबाजी कतिपयले गरेका छन् ।
तर महाधिवेशनमा वामदेवले त्यसरी ओली समूहको एजेण्डा र विचारको नेतृत्व गर्ने कुरा कम्तीमा वामदेवको स्वभावले भने दिँदैन । अबको महाधिवेशनको मूल विषय नेपाली क्रान्तिको कार्यदिशा हो । नेपाली क्रान्तिको कार्यदिशा निर्धारण गर्दा इतिहासको समीक्षा गर्ने र यसअघि दुबै पार्टीका दस्तावेजको संश्लेषण गरेर नयाँ कार्यदिशा निर्माण गर्ने विषय हो । तसर्थ मूलतः एकताको महाधिवेशन नै भएकाले कार्यदिशामा सहमति खोजिने र सहमति नजुटेको खण्डमा वामदेव र माधव नेपालहरु प्रचण्डको विचारसँग सहमत हुने सम्भावना बलियो देखिन्छ । यदि त्यसो नभएर उनी ओली समूहको निरन्तरतामा भविष्य खोज्ने अवस्थामा अल्पमतमा पर्ने अवस्था देखिने भएकोले पनि यो अडकलबाजि पुरा हुने दिशामा वामदेव जाने सम्भावना देखिन्न ।
वामदेवलाई प्रचण्डलाई काउण्टर दिन सरकारमा कार्यकारी भूमिका सम्भवतः प्रधानमन्त्री दिने सहमतिको हल्ला पनि हो ।
तेश्रो सम्भावना वामदेवलाई प्रचण्डलाई काउण्टर दिन सरकारमा कार्यकारी भूमिका सम्भवतः प्रधानमन्त्री दिने सहमतिको हल्ला पनि हो । नेकपामा पछिल्लो समयमा विवाद चर्किएपछि ओलीले राजिनामा दिनुपर्ने र त्यसको स्थानमा प्रचण्ड या माधव नेपालमध्ये एकजना प्रधानमन्त्री बन्ने चर्चा निकै चल्यो । यस्तो अवस्था आउन नदिन वामदेवलाई उक्त विकल्पमा अघि सार्ने कसरत ओली समुहले गरेको भन्ने अडकलबाजी पनि कतिपयले गरेका छन् ।
वामदेवको कार्यकारी उपस्थिति नेकपाका लागि सकारात्मक कुरा हो । राष्ट्रियता र जनजीविकाको पक्षमाले उनले आजसम्म सकारात्मक भूमिका निर्वाह गर्दै आएका छन् ।
तर वामदेव मुडभेडको यो जटिल अवस्थामा जाने सम्भावना देखिँदैन किनभने उनी आफुसँग बलियो संगठन नभएको अवस्थामा पार्टीभित्र समन्वयको साटो विग्रह र स्पष्ट गुट या कित्ताबन्दीमा जाँदा उनको भविष्य सुरक्षित नहुने उनले विश्लेषण नगर्लान भन्न सकिन्न । त्यो अर्थमा कतिपय विषयमा उनी दायाँ बायाँ हुनसक्ने सम्भावना रही रहेपनि मूलतः प्रचण्डको समाजवादतर्फको राजनीतिक ‘मुभ’मा वामदेव सहयोगी नै रहने सम्भावना देखिन्छ ।
तर जे होस्, वामदेवको कार्यकारी उपस्थिति नेकपाका लागि सकारात्मक कुरा हो । राष्ट्रियता र जनजीविकाको पक्षमाले उनले आजसम्म सकारात्मक भूमिका निर्वाह गर्दै आएका छन् । कतिपय अवस्थामा उनीमा कार्यनीतिक विचलन (भावनाको प्रधानता) देखिने भएपनि उनको समग्र जीवन अग्रगमनकै पक्षमा अघि बढेको छ । उनले क्रान्तिको सपना मारेको देखिँदैन ।