२२ वर्ष अघि शुरु भएको थियो गुगल, Spelling Mistake का कारण रह्यो नाम

काठमाडौं । इन्टरनेटको संसारमा सबैको मुखमा झुण्डिएको शब्द हो गुगल । कुनै कुरा खोज्नु पर्यो या जान्नुपर्यो भने भन्ने गरिन्छ– गुगल गर्नुस् । यति मात्रै होइन, जिमेल, डाटा स्टोर, खरिद बिक्री, विज्ञापनलगायत अनगिन्ती फिचरका कारण गुगल सबैभन्दा ठूलो साइट बन्न पुगेको छ ।
तर के तपाईलाई थाहा छ, गुगलको शुरुआत कहिले भएको थियो ?
गुगलको शुरुआत आजभन्दा २२ वर्षअघि आजकै दिन भएको थियो ।
यो कथा भने स्टेनफोर्ड विश्वविद्यालयबाट शुरु हुन्छ । सन् १९९५ मा लैरी पेज नाम गरेका व्यक्तिको त्यहाँ पुगेका थिए । सर्गेइ ब्रिनलाई त्यहाँको बारेमा लैरीलाई सबै कुरा बताउने जिम्मेवारी दिइएको थियो ।
सर्र्गेइ र लैरीबीचको मित्रताले आज संसारलाई नै परिवर्तन गरिदिएको छ । उनीहरुले एकआपसमा छलफल गरेर गुगोल नामले नयाँ पेज बनाउने सोचे । तर टाइप गर्दा स्पेलिङ बिग्रिन पुग्दा यो गुगल भयो । त्यसैले यो डोमेन गुगल नामले दर्ता भयो ।
४ सेप्टेम्बर १९९८बाट गुगल इंक्को औपचारिक सुरुआत भयो ।
लैरी र ब्रिनले आफ्नो यो नयाँ पेजलाई त्यही वर्ष याहुलाई एक मिलियन डलरमा बेच्न तम्सेका थिए । उनीहरु विद्यार्थी भएको कारण यसले पढाईमा डिष्टर्ब भइरहेको थियो । तर याहुले भने कुनै रुचि देखाएन । त्यतिबेला याहु सबैभन्दा अगाडि थियो । तर चार वर्षपछि भने याहुले ३ बिलियन डलरमा गुगललाई किन्ने प्रस्ताव लिएर उनीहरु सामु आयो ।
आज भने गुगल ४ सय बिलियन डलर भन्दा ठूलो स्वमित्व भएको कम्पनी बन्न पुगेको छ ।

कमेन्ट गर्नुहोस्