तत्काल मन्त्रिपरिषद् पुनगर्ठन हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौः प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने बताएका छन् । उनले मन्त्रिमण्डल पुनर्गठनको हल्ला कहाँबाट आयो भन्दै आश्चर्य व्यक्त गरे ।

यसैसाता मन्त्रिपरिषद् पुनगर्ठन हुने हल्लाका माझ उनको यो अभिव्यक्ति आएको हो ।

एक मन्त्रीले दिएको जानकारीअनुसार आज बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले भने, ‘तत्काल मन्त्रिपरिषद् पुनगर्ठन हुँदैन । हल्लाको पछि नलाग्नुस्, ढुक्कसँग मन्त्रालयको काममा लाग्नुस् ।’यद्यपी उनले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गर्ने संकेत गरेका छन् ।

याे पनि पढ्नुस  ‘बेसारको मजाक नउडाऔं, पहिला त्यसको वास्तविकता बुझौं’

नेकपाका विवाद चर्कँदै जाँदा समाधानका लागि बनाइएको कार्यदलले मन्त्रिपरिषद् पुनगर्ठन गर्न समेत सुझाव दिएको थियो । त्यतिबेला देखि नै मन्त्रिपरिषद् पुनगर्ठन चर्चा चलिरहेको छ ।

आजै राजीनामा दिँदै अर्थमन्त्री खतिवडा, अबको भूमिका के ?

कमेन्ट गर्नुहोस्