ढोरपाटन पुगेर गृहमन्त्रीले बाँडे राहत, पुर्नस्थापनाको काम अघि बढाउन निर्देशन

बाग्लुङ: गृहमन्त्री राम बहादुर थापाले ढोरपाटन नगरपालिकाको भुजिखोलामा आएको बाढीले बिस्थापित परिवारलाई राहत वितरण गरेका छन् ।
मन्त्रालयका सम्बन्धित कर्मचारी र सुरक्षा निकायसँगै ढोरपाटन पुगेका गृहमन्त्रीले उद्दार कार्यको अवलोकन गर्नुका साथै राहत वितरण गरेको प्रेस संयोजक किरन भट्टराईले जानकारी दिए ।
भुजिखोलामा सडक खण्डको पहिरोले खोलामा बनेको बाँध मध्यराती फुटेपछि दर्जनौं मानिस वेपत्ता भएका थिए । हालसम्म १४ जनाको शव फेला परेको छ भने तीन दर्जन बढी वेपत्ता रहेका छन् । बाढीमा परी कैयन घर, स्कूल र विद्युत स्टेशन समेत बगेका थिए ।
गृहमन्त्रीले जिल्लाका सुरक्षा निकायहरुलाई उद्दारमा कुनै कमी आउन नदिन तथा पुर्नस्थापनाका लागि आवश्यक पहल गर्न समेत निर्देशन दिएका थिए ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  केही दिन वर्षाको क्रम बढ्नेः बाढी र पहिरोको सम्भावना