धोनीलाई संकटमाथि संकटः रैनापछि हरभजनले पनि छोडे चेन्नई सुपरकिङ्स

नयाँ दिल्लीः यसै महिना सुरु हुने इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सलाई अर्को झडका लागेको छ । यसअघि सुपर ब्याट्सम्यान सुरेश रैनाले टीम छोडेपछि संकटमा परेको सिएसकेबाट अब भने स्पिनर हरभजन सिंहले पनि टीम छोडेका छन् ।

बलर र ब्याटिङमा सबैभन्दा धेरै आशा गरिएको खेलाडीले टीम छोडेपछि धोनीलाई ठूलो संकट आइपरेको हो । सुरेश रैनाले आइपिएल नखेल्ने घोषणा गर्दै दुबई पुगेर पनि भारत फर्केका थिए । हरभजन भने दुबई गएका थिएनन् ।

याे पनि पढ्नुस  आउँदो सिजनको आइपीएलका लागि सीएसकेको बेस्ट प्लेइङ ११

हरभजनले टीम छोडनुको नीजि कारण रहेको बताएका छन् । स्पिनर हरभजनले आइपिएलका १६० खेलहरुमा १५० विकेट लिएका छन् । उनले यो बीचमा ८२९ रन समेत जोडेका थिए ।

तीनपटक उपाधि चुमेको चेन्नई टीमका कप्तान महेन्द्र सिंह धोनी रहेका छन् । धोनीले हालै मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । यसैबीच चेन्नईका दुई खेलाडी र ११ जना स्टाफमा कोरोना देखिएको थियो । उनीहरु अहिले क्वारेन्टाइनमा रहेका छन् । १४ दिन क्वारेन्टाइनपछि उनीहरुको फेरी जाँच हुने बताइएको छ । दुईपटक नेगेटिभ आएपछि मात्रै टीममा खेल्न पाइने छ ।

याे पनि पढ्नुस  महेन्द्र सिंह धोनी र रोहित शर्मा आईपिएलका सर्वश्रेष्ठ कप्तान घोषित

यसपालिको आइपिएल १९ सेप्टेम्बरबाट युएईमा हुन गइरहेको छ । सबै ८ टीमका बीच हुने प्रतिष्पर्धा दुबई, शारजाह र अबुधाबीमा हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्