पाकिस्तानी प्रधानमन्त्रीका मुख्य सल्लाहकारद्धारा राजीनामा

इस्लामावाद : पाकिस्तानका प्रधानमन्त्री इमरान खानका १ जना प्रमुख सल्लाहकारले पदबाट राजीनामा दिएका छन् ।

भ्रष्टाचारको आरोप लागेपछि अवकास प्राप्त लेफ्टिनेन्ट जनरल असिमसलिम बाज्वाले राजीनामाको घोषणा गरेका हुन् ।

उनले आफूले पदबाट राजीनामा दिएको जानकारी सामाजिक सञ्जाल ट्वीटरबाट बिहीबार नै दिएका छन् । प्रधानमन्त्री खानको विषेश सहयोगीका रुपमा आफूले गर्दै आइरहेको कामबाट आफू अलग भएको उनले स्पष्ट पारेका छन् ।

याे पनि पढ्नुस  दीपक मनाङेद्वारा राजीनामा

पूर्व प्रमुख सैन्य प्रवक्ता समेत भइसक्नु भएका बाज्वाले चीन पाकिस्तान आर्थिक करिडोर प्राधिकरणको अध्यक्षका रुपमा भने आफूले काम गरिरहने जानकारी दिए ।

उनले सो परियोजना प्रधानमन्त्री खानको अत्यन्त प्राथमिकतामा रहेको र देशको भविश्यलाई नै उज्ज्वल बनाउने किसिमको भएकाले पनि आफूले काम गरिरहने बताए ।

याे पनि पढ्नुस  भारतसँगको विवादित क्षेत्र समेटेर पाकिस्तानले जारी गर्‍यो नयाँ नक्सा

‘मलाई विश्वास छ की, प्रधानमन्त्रीले मलाई प्राधिकरणको काममा पुरै केन्द्रित भएर काम गर्न अनुमति दिनुहुने छ,’ उनले भनेका छन् । देशको अहिलेको मुख्य आवश्यकता पनि करिडोर नै भएकाले आफूले सवै शक्ति करिडोरका लागि लगाउने उनले जानकारी दिएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्