पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हान्ने पक्राउ

काठमाडौं : बिहीबार ललितपुरमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने १ युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका १ का २१ वर्षीय अनिश महर्जन हुन् । उनलाई प्रहरीले आज इमाडोलबाट पक्राउ गरेको हो ।

महर्जनलाई अपराध महशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । उनी पत्रकार नभएको खुलेको छ ।

याे पनि पढ्नुस  ब्राउन सुगरसहित २ युवती र एक युवक पक्राउ

पुल्चोकमा भएको झडप प्रकरणमा प्रहरीले महर्जनसहित १३ जनालाई पक्राउ गर्न सफल भएको छ ।

कमेन्ट गर्नुहोस्