गोंगबु हत्याकाण्ड : कल्पना पुर्पक्षका लागि जेल चलान

काठमाडौं : गोंगबुमा कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा पक्राउ परेकी कल्पना मुडभरीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद प्रसाद पोखरेलको इजलासले चितवन घर भई गोंगबुको फ्ल्याटमा बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) लाई बिहीबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

याे पनि पढ्नुस  झूठो विवरण राख्दै बायोडाटा बनाएर जागिर खान खोजेपछि जेलको बास

अदालतका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार उनकी १५ वर्षीया छोरीलाई भने सुधारगृहमा पठाउन आदेश भएको हो । कल्पनालाई केन्द्रीय कारागारमा पठाइएको छ भने छोरीलाई भक्तपुरको बाल सुधार गृहमा पठाइएको छ ।

गत साउन २४ गते रोल्पाका कृष्णबहादुर बोहोराको कल्पनाले आफ्नो फ्ल्याटमा बोलाएर हत्या गरेकी थिइन्। उनले हत्या गरी पछि शव व्यवस्थापन गर्न टाउको(खुट्टा झोलामा र बाँकी भाग सुटकेसमा हालेर बाहिर फ्याक्न लगेकी थिइन् । शव व्यवस्थापन एक्लै गर्न कठिन भएपछि उनले आफ्नी छोरीको सहयोग लिएकी थिइन् ।

कमेन्ट गर्नुहोस्