एकैसाथ विप्लव नेकपाका १३८ कार्यकर्ताद्वारा पार्टी परित्याग

हेटौँडा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ठूलो कार्यकर्ताको समूहले पार्टी परित्याग गरेको छ ।

शुक्रबार मकवानपुरको भीमफेदी गाउँपालिका- ९ को लेकाली बसिँफाट माविमा एक कार्यक्रम गरेर जिल्ला सेक्रेटरीसहित १ सय ३८ जनाको समूहले पार्टी परित्याग गरेको हो ।

जिल्ला सेक्रेटरी जयराम रायमाझी (पासाङ), नेकपाको ब्युरो सदस्य तथा प्लाटुन कमाण्डरहरू धन बहादुर थिङ (विमल) र किरण, अखिल नेपाल क्रान्तिकारी महिला संगठन नारायणी ब्युरो सदस्य रेखा मगर, जिल्ला सचिवालय सदस्य सोम घलान, यस्तै प्लाटुन सहायक कमाण्ड सन्जु, जिल्ला सदस्यहरु नेत्र गौतम, सन्दिप ढुंगाना, जुरे घिसिङसहित विप्लव नेतृत्वको नेकपा मकवानपुरको राजनीतिक टिम र सैन्य टिमको ठूलो संख्याले पार्टी परित्याग गरेको हो।

याे पनि पढ्नुस  विप्लवका जिल्ला नेताद्वारा कारागारबाटै पार्टी परित्याग

पार्टी परित्याग कार्यक्रममा बोल्दै सेक्रेटरी पासाङले नेत्र विक्रम विप्लव नेकपामा व्यक्तिवादी चरित्र हाबी भएको बताए ।

कम्युनिस्ट पार्टीको नाममा गलत क्रियाकलापतिर समेत संग्लन भएको पाइएको भन्दै उनले केही व्यक्तिको दासको निम्ति काम गर्न नसक्ने भन्दै १ सय ३८ जना विभिन्न कमिटी र जनवर्गीय संगठनमा भएकाहरुले पार्टी परित्याग गरेको बताए ।

कमेन्ट गर्नुहोस्