पाकिस्तानको पञ्जाबमा घर भत्किँदा १० जनाको मृत्यु

इस्लामाबाद : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको चकवाल जिल्लामा शुक्रबार घर भत्किँदा कम्तीमा १० व्यक्तिको ज्यान गएकोे उद्धारकर्मीहरूले बताएका छन् ।

उक्त क्षेत्रका उद्धारकर्मीहरूले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार एउटा घरको छत खसेर अर्को घरमाथि पर्दा ४ जनाको मृत्यु भएको र अन्य थुप्रै घाइते भएका छन् ।

याे पनि पढ्नुस  एटम बम बनाउन सक्ने तर भेन्टिलेटर र परीक्षण किट बनाउन नसक्ने ?: खान

घटनापछि उद्धार टोलीहरू घटनास्थलमा पुगी मृतक तथा घाइतेहरू भग्नावशेषबाट निकालिएको छ । घाइते सबैलाई उपचारका लागि अस्पतालमा पठाइएको छ ।

दुबै घरहरू भर्खरको भारी वर्षाबाट प्रभावित भएका थिए र जीर्ण अवस्थामा रहेको उद्धारकर्मीहरूले बताएका छन् ।

अर्को एक घटनामा चकवालमा यस्तै घटनामा ३ महिला र १ बालकसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

याे पनि पढ्नुस  मलेसियाले पाकिस्तानबाट सुरक्षागार्ड लैजाने, नेपालमा चिन्ता

बुधवारको सुरुमा पाकिस्तान मौसम विभागले बिहीबार र शुक्रबार पञ्जाब, उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्त र उत्तरी गिलगित–बाल्टिस्तान (जीबी) क्षेत्रमा केही बढी वर्षा हुने पूर्वानुमान गरेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्