भारतमा कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो, एकैदिन ८७ हजारमा संक्रमण

काठमाडौं । भारतमा कोरोना संक्रमणले विकराल रुप लिएको छ । पछिल्लो २४ घण्टामा भारतमा ८७ हजार ११५ थप मानिसमा संक्रमण देखिएको छ ।
योसँगै भारतमा कूल संक्रमितको संख्या ४० लाख २० हजार पुगेको छ ।

अहिलेसम्म ३१ लाख मानिस निको भएका छन् भने ६९ हजार ६३५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ६६ जनाको निधन भएको थियो ।

याे पनि पढ्नुस  लकडाउनमा बाहिर निस्केपछि दाईले गरे भाइको हत्या

संक्रमण बढ्दै गएपनि त्यसलाई रोक्न भारतीय सरकार असफल भएको छ । भारतले कैयन चरणमा लकडाउन र अन्य उपाय अबलम्बन गरेपनि संक्रमण हरेक दिन बढिरहेको छ ।

कमेन्ट गर्नुहोस्