रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

बुटवल, रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिला र पुरुषको मृत्यु भएको हो ।

गत भदौ १५ गते खोकी लागि ज्वरो आएपछि जाँचका लागि अस्पताल पुगेको बुटवल ११ का ४० वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको अस्पतालका सम्पर्क व्यक्ति डा. सुदर्शन थापाले बताए । भेन्टिलेटरमा राखिएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्