कोरोना संक्रमित महिलाले जन्माईन स्वस्थ्य शिशु

कपिलबस्तु, कोरोनाको त्रासबीच एकजना संक्रमित गर्भवती महिलाले स्वस्थ्य शिशु जन्माएकी छिन् ।

कपिलवस्तु नगरपालिका निवासी ती महिलाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भएको थियो ।

सिजेरियन डेलिभरी अर्थात् शल्यक्रियामार्फत शुक्रबारका दिन उनले शिशु जन्माएकी हुन ।

अस्पतालले दिएको जानकारी अनुसार, महिला र शिशुको अवस्था सामान्य रहेको छ ।

याे पनि पढ्नुस  रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

प्रादेशिक अस्पतालका सर्जन डाक्टर विष्णु गौतमको नेतृत्वमा भएको शल्यक्रियामा नर्सिङ ईन्जार्ज ज्योति पौडेल, श्रृष्टि कोइराला, माधुरी ज्ञवालीलगायत नर्सिङ टोली संलग्न थिए ।

लुम्विनी प्रादेशिक अस्पतालमा तीन जना कोरोना संक्रमित गर्भवती महिलाहरुको सफल शल्यक्रिया सम्पन्न भइसकेको छ ।

कमेन्ट गर्नुहोस्