सुशान्त सिंह मृत्यु प्रकरणमा पूर्व प्रेमिका रियाका भाई गिरफ्तार

मुम्बई । बलिउड अभिनेता सुशान्त सिंहको मृत्यु प्रकरणमा प्रहरीले शौविक चक्रवर्तीलाई गिरफ्तार गरेको छ ।

शौविक चक्रवर्ती सुशान्तकी पूर्व प्रेमिका रिया चक्रवर्तीका भाई हुन ।

अनुसन्धानको माग गर्दै आएकी रिया चक्रवर्ती नै अहिले सबैभन्दा बढी आलोचनाको शिकार समेत बनेकी छिन् ।

सुशान्त मृत्यु प्रकरणमा यो पहिलो गिरफ्तारी हो । नार्कोटिक्स कन्ट्रोल ब्यूरोले शौविक चक्रवर्ती र सुशान्तका पूर्व म्यानेजर स्यामुल मिरान्डालाई गिरफ्तार गरेको हो ।

याे पनि पढ्नुस 

मृत्यु प्रकरणमा लागु औषध प्रयोग सम्बन्धी कतिपय तथ्य देखिएपछि दुबै पक्राउ परेका हुन ।

मृत्युको जाँच सिबिआईले गरिरहेको छ । तर यो घटनामा सुशान्तले लागु औषध समेत लिइरहेको भन्ने तथ्य सार्वजनिक भएपनि एनसिबी सक्रिय भएको थियो । यो जाँचमा लागुऔषधका कारोबारसँग जोडिएका केही नामहरु सार्वजनिक भएका थिए । एनसिबीले बिभिन्न च्याट र अन्य माध्यमबाट देखिएका नाममाथि अनुसन्धान गर्दै बयान लिएको थियो । यही विषयमा शौविक र स्यामुअलको नाम आएपछि शुक्रबार बिहान एनसिबीले दुबैको घरको खानतलाशी गरेको थियो । शुक्रबार बिहानै एनसिबीले दुबैका ल्यापटब र अन्य दस्तावेज सिल गरेको थियो । साँझ भने दुबै गिरफ्तार भएको समाचार सार्वजनिक भएको थियो ।
दुबैमाथि एनडिपीएसको धारा २० बी, २८, २९ र २७ ए अन्तर्गत गिरफ्तार गरेको हो ।

याे पनि पढ्नुस 

यसै वर्ष १४ जुनका दिन सुशान्त सिंह राजपुत मुम्बई स्थित आफ्नो घरमा मृतक पाइएका थिए ।

 

कमेन्ट गर्नुहोस्