जंगलमा भेटियो ललितपुरको अल्का अस्पतालकी कर्मचारीको शव

ललितपुरः अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको हत्या भएको छ ।

उनको शव शुक्रबार साँझ गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको छ । उनी हराएको भन्दै परिवारले तीनदिन अघि प्रहरीमा निवेदन दिएका थिए ।

महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझाले हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसीलाई पक्राउ गरिएको जानकारी दिए ।

याे पनि पढ्नुस  प्रहरी हवल्दारमाथि हातपात गर्ने युवकविरुद्ध मुद्दा

प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको भए पनि अन्य केही खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्