यी हुन् काठमाडौंमा सबैभन्दा बढी संंक्रमित भएका ‘हटस्पट’ ७ वडा (सूचीसहित)

काठमाडौंः काठमाडौं उपत्यकामा कोभिड–१९ का सङ्क्रमित सात हजार ३८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार १० दिनमा उपत्यकामा दोब्बर सङ्क्रमित थपिएका छन् ।

भदौ ८ गते काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा तीन हजार ४८६ जना सङ्क्रमित थिए । अझै उपत्यकाका स्थानीय तहका पाँच वडाको प्रत्येक वडामा सङ्क्रमित हुने करिब दुई सय पुगेको छ ।

याे पनि पढ्नुस  उपत्यकामा ६ सय नाघे संक्रमित, भयावह स्थिति आउने चिन्ता !

काठमाडौं महानगरपालिका सात वटा वडामा मात्रै एक हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन् । महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार सात वटा वडा सङ्क्रमणको ‘हटस्पट’ पहिचान गरिएको छ । एक सय जनाभन्दा बढी सङ्क्रमित रहेका वडालाई हटस्पटमा राखिएको महानगरपालिकाका स्वास्थ्य महाशाखाका सम्पर्क व्यक्ति ज्ञानबहादुर ओलीले जानकारी दिए ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

वडा नं ३२ कोटेश्वर र वडा नं १६ बालाजुमा दुई सयभन्दा बढी सङ्क्रमितको पुष्टि भइसकेको छ । वडा नं २७ महाबौद्ध र वडा नं ३ महाराजगञ्जमा करिब १८५ सङ्क्रमित छन् । वडा नं १४ कलङकी र वडा नं १३ कालीमाटीमा करिब १३५ सङ्क्रमित पुष्टि भएको महानगरपालिकाले जनाएको छ । वडा नं २८ अन्तर्गत पर्ने बागबजारमा १०३ सङ्क्रमित छन् ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा !

महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमित बढी भएको क्षेत्रमा प्राथमिकता राखेर कन्ट्याक्ट ट्रेसिङ भइरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्