PUBG बन्द भएसँगै अक्षय कुमारले घोषणा गरे FAU-G (फौजी) गेम ल्याउने घोषणा

काठमाडौं । चीनसँग विवाद चुलिएको बेला भारतले पब्जी नामक चर्चित खेलको एप्समा प्रतिबन्ध लगाएको छ ।

तर यही बीचमा एउटा कम्पनीले भने पप्जीजस्तै FOU-G  फौजी नामक एप्स ल्याउने घोषणा गरेको छ ।

अक्षय कुमारले पनि ट्विटमार्फत यसको जानकारी दिएका छन् ।

बैंगलौरमा रहेको एनकोर गेम्स नामक कम्पनीले यो मोबाइल गेम तयार गरेको हो । यसलाई पब्जीको प्रतिस्थापनका रुपमा समेत लिइएको छ ।
आगामी अक्टुबरको अन्त्यसम्म यो खेल बजारमा आउने छ ।

याे पनि पढ्नुस  पब्जी र लुडाेसहित ११८ चिनियाँ एप्समा प्रतिबन्ध लगायो भारतले

कम्पनीका सह संस्थापक विशाल गोंडलले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार, यो खेलको पुरा नाम फियरलेस एण्ड युनाइटेड गार्डस (Fearless and united guards, FAU-G हो । यो खेलमा कैयन महिनादेखि काम चलिरहेको थियो । यो खेलको पहिलो लेभल गलवान घाटीमा आधारित छ । गलवान घाटी भारत र चीनबीच विवादित क्षेत्र हो । यहाँ विगतमा भीडन्त हुँदा २० जना भारतीय सेनाले ज्यान गुमाएका थिए ।

याे पनि पढ्नुस  सर्वोच्चको अन्तरिम आदेश, पब्जीमाथि प्रतिबन्ध नलगाउने

पब्जी अर्थात् प्लेयर अननोन ब्याटल ग्राउण्ड बिगत केही वर्षदेखि भारतमा निकै लोकप्रिय मोबाइल गेम रहँदै आएको थियो ।

यसमाथि प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालमा ठूलो आक्रोश देखिएको छ ।

आलोचकहरुका अनुसार, भारतीय कम्पनीले देशभक्तीको भावनालाई आफ्नो व्यापारका लागि उपयोग गर्न खोजेको छ ।
कम्पनीका सह संस्थापक विशाल गोन्डलले यो मोबाइल गेमबाट हुने आम्दानीको वीस प्रतिशत भारतका लागि शहीद भएका सैनिकका परिवारलाई दिइने घोषणा गरेका छन् ।

यो खेलको नाम ‘फौजी’भने अक्षय कुमारले नै जुराएको बताएको छ ।

याे पनि पढ्नुस  नेपालमा प्रतिबन्ध, भारतमा अल इण्डिया PUBG टुर्नामेन्ट हुँदै

अक्षय कुमारले ट्विटमा लेखेका छन्ः प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर भारत अभियानलाई समर्थन गर्दै यो एक्सन खेल FAU-G पेश गर्दा मलाई गर्व अनुभूति भएको छ । यो खेलमा मनोरञ्जनका साथै हाम्रा सैनिकहरुको बलिदानका बारेमा पनि थाहा पाइने छ । यसको २० प्रतिशत दान दिइने छ ।
अक्षय कुमार स्वयम्ले भने क्यानाडाको नागरिकता लिएका छन् ।

 

कमेन्ट गर्नुहोस्