सीमामा तनावबीच भारत र चीनका रक्षा मन्त्रीबीच मास्कोमा भेट

काठमाडौं । सीमा क्षेत्रमा तनाव चुलिएको बेला भारतका र चीनका रक्षामन्त्रीले भेटवार्ता गरेका छन् ।

भारतका रक्षामन्त्री राजनाथ सिंह र चीनका रक्षामन्त्री वेई फेन्घेबीच रुसको मास्कोमा भेट भएको हो ।

बिबिसीको हिन्दी च्यानलमा प्रकाशित समाचार अनुसार, उक्त भेटमा भारत र चीनबीच लद्दाख र अन्य सीमा क्षेत्रमा चुलिएको तनावका बारेमा छलफल भएको थियो ।

भेटका अवसरमा राजनाथ सिंहले सीमामा देखिएको तनाव अन्त्य गर्न दुबै पक्षले गम्भीरतापूर्वक सहमति जुटाउनु पर्नेमा जोड दिएका थिए । ‘लाइन अफ कन्ट्रोल नजिक चीनले ठूलो संख्यामा सेना परिचालन गर्नु र उनीहरुको आक्रामक व्यवहारले दुबै देशबीच यसअघि भएको सहमतिको उल्लंघन हो ।” राजनाथको भनाई उदृत गर्दै विविसीले लेखेको छ ।

याे पनि पढ्नुस  भारत–चीन विवादमा अमेरिकाद्वारा मध्यस्थताको प्रस्ताव

भारतीय रक्षा मन्त्रीले दुबै देशका शीर्ष नेताहरुले यो क्षेत्रमा शान्ति स्थापना गर्न सहमति जताएको बताएका छन् । दुबै देशबीचको आपसी सम्बन्धलाई बढावा दिनका लागि यो जरुरी छ र यसका लागि कुनै पनि मतभेदलाई विवादको तहसम्म बढाउनु हुँदैन ।

चीनको पत्रिका साउथ चाइन मर्निङ पोष्टले चीनको समाचार एजेन्सी सिन्ह्वालाई उद्दृत गर्दै बैठकमा यो बीचमा सीमा क्षेत्रमा तनाव चुलिनुमा भारत नै जिम्मेवार भएको कुरा चीनका रक्षा मन्त्रीले उठाएको उल्लेख गरेको छ ।

याे पनि पढ्नुस  चीन र भारतबीच बिग्रेड कमाण्डर स्तरकाे वार्ता निष्कर्शविहिन

चीनका रक्षा मन्त्रीले भारतसँग तनाव उत्पन्न हुने गतिविधि नगर्न समेत अपील गरेका छन् ।

करिब दुई घण्टासम्म चलेको बैठकमा चीनका रक्षा मन्त्रीले सीमा क्षेत्रमा उत्पन्न तनावको कारण र वास्तविकता स्पष्ट भएकोले यसको जिम्मेवारी भारतले लिनुपर्ने बताए ।

“चीनले आफ्नो एक इन्च जमिन पनि छोड्न नसक्ने र अरुको पनि एक इन्च जमिनमा दावी गर्दैन । आफ्नो सीमा रक्षाका लागि चिनियाँ सेना पूर्णरुपमा प्रतिबद्ध, सक्षम र निश्चिन्त छ ।” फेन्गले भने ।

याे पनि पढ्नुस  चीन र भारतबीच बिग्रेड कमाण्डर स्तरकाे वार्ता निष्कर्शविहिन

यो क्षेत्रमा शान्ति स्थापना गर्न भारतले तनाव नबढाउने उनले आशा व्यक्त गरेको समाचारमा उल्लेख छ ।

भारत र चिनियाँ सैनिकबीच गलवान घाटीमा भएको हिंश्रक झडपपछि उच्चस्तरमा वार्तामा भएको यो पहिलो पटक हो । गत १४, १५ जुनका दिन भएको झडपमा भारतका २० जना सैनिकको मृत्यु भएको थियो ।

 

कमेन्ट गर्नुहोस्