बंगलादेशको मस्जिदभित्र विष्फोट: कम्तिमा १२ जनाको मृत्यु

काठमाडौंः बंगलादेशको राजधानी ढाकास्थित एक मस्जिदको ‘एयर कन्डिसनर’ विष्फोट हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।

गएराति प्रार्थना गरिरहेको समयमा अकस्मात भएको विष्फोटमा दर्जनौैँ घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ग्यास लिक भएर विष्फोट भएको हुनसक्ने अधिकारीहरूले अनुमान गरेका छन् ।

याे पनि पढ्नुस  अगानिस्तानमा तालिबानविरुद्धको कारबाहीमा २७ को मृत्यु

उक्त विष्फोटको समयमा करिब एक सय जना मानिसहरु मस्जिदमा रहेको अनुमान गरिएको छ । मस्जिदमा रहेका आठ वटा एयर कन्डिसनरबाट आगोको मुस्लो निस्किएको थियो ।

विष्फोटपछि लागेको आगो नियन्त्रण गर्न करिब आधा घण्टा लागेको थियो । घटनापश्चात अग्नि सेवा तथा नागरिक सुरक्षा बंगालादेशले अनुसन्धानका लागि समिति गठन गरेको छ ।

कमेन्ट गर्नुहोस्